समायोजनविरुद्ध सरकारी चिकित्सकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, करिब २० चिकित्सक पक्राउ

समायोजनविरुद्ध सरकारी चिकित्सककाे स्वास्थ्य मन्त्रालयमा जारी शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी झन्डै दुई दर्जन चिकित्सकलाई पक्राउ गरेको छ ।

सरकारी चिकित्सक संघ, नेपालको आह्वानमा समायोजनसँगै पछिल्लोपटक मन्त्रिपरिषद्बाट स्वीकृत संगठन संरचना, चिकित्सकको मर्यादा र सुविधालगायत विषयमा पुस २९ गते मन्त्रालयसँग भएको सहमति कार्यान्वयनको मागसहित चिकित्सकहरुले धर्ना सुरु गरेका थिए ।

केहीबेरको धर्नापछि प्रहरीले चिकित्सकमाथि लाठी प्रहारसहित समातेर भ्यानमा हाल्न थालेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । डा. पाण्डेका अनुसार पक्राउ परेकालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

आन्दोलनका लागि काठमाडौं आउन भन्दै संघले बोलाएपछि देशभरबाट उपस्थिति चिकित्सक मन्त्रालयमा भेला भएका थिए । उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तलामा प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपपछि चिकित्सकहरुले नाराबाजीसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय