अनुसन्धानसिद्ध ७ अस्वस्थकर बानी : घाँटीमा बाँधिएको टाईले मस्तिष्कमा हानि !

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ २७ गते ११:५८

१. टाउकोदुखाइ, दाँतको दुखाइ, मांसपेशीको दुखाइ तथा हाडजोर्नीको दुखाइको समयमा प्रयोग गरिने आइबुब्रुफिन औषधिको नियमित तथा अधिक प्रयोगले पुरुषमा बाँझोपनको समस्या निम्त्याउँछ । फ्रेन्च वैज्ञानिकले अध्ययनका क्रममा १८ देखि ३५ वर्ष उमेरसमूहका केही पुरुषलाई करिब दुई हप्तासम्म दिनको दुईपटक यो औषधि खान दिएका थिए । औषधिसेवनपछि उनीहरूको प्रजननक्षमता बुढ्यौलीमा देखिनेखालको पाइएको थियो । वैज्ञानिकहरू यो नतिजापछि आश्चर्यचकित भएका थिए ।

२. सेकाएर पकाएको खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ । हार्डवार्डका अनुसन्धानकर्ताले १६ वर्षभन्दामाथि उमेरसमूहका करिब १ लाख ३० हजार सहभागीमा अनुसन्धान गरेको थियो, जसले महिनामा आधाभन्दा बढी समय सेकाएको, ब्रोइल्ड वा रोस्ट गरिएको खाना खाएका थिए, उनीहरूमा उच्च रक्तचापको सम्भावना महिनामा यस्ता खानेकुरा चारपटकभन्दा कम खानेमा भन्दा १७ प्रतिशतले बढी देखिएको थियो । प्रमुख अनुसन्धानकर्ता ग्याङ लिउले यसरी पकाउँदा खानामा उच्च रक्तचाप बढाउने केमिकल पैदा हुने बताएका थिए ।

३. टाई हाम्रो मौलिक पहिरन होइन, तर यसलाई शिक्षणसंस्थाका पोसाकमा समेत अनिवार्य गर्ने गरिएको छ । टाईलाई सभ्य तथा स्मार्ट देखिने सूचककै रूपमा बुझिने र पहिरिने प्रचलन आम बनेको छ । तर, सायदै कसैले सोचेका होलान् कि– घाँटीमा लगाइने टाईले मस्तिष्कमा रक्तप्रवाहमा अवरोध गर्छ । जर्मन अनुसन्धानकर्ताले नियमित टाई लगाउने केही व्यक्तिमा तीनपटकसम्म एमआरआई गरेर मस्तिष्कमा रगतको प्रवाह मापन गरेका थिए । यस्ता व्यक्तिमा टाई नलगाउनेको तुलनमा रगतको प्रवाह ७.५ प्रतिशतले कम पाइएको थियो ।

५. सेनिटाइजरलगायत डिसइन्फेक्टरको नियमित प्रयोगले बालबालिका मोटोपनको सिकार बन्छन् । क्यनडामा गरिएको अध्ययनले पुष्टि गरेको छ कि, नियमित रूपमा डिसइन्फेक्टर प्रयोग हुने घरका बालबालिकामा मोटोपनको सम्भावना अन्यको तुलनामा दोब्बर हुन्छ । अध्ययनमा भनिएको छ– यस्ता साधन प्रयोग हुने घरका बालबालिकामा नहुनेको तुलनामा ३–४ वर्षको उमेरमा मोटोपनको जोखिम दोब्बर हुन्छ ।

बोतलमा प्याक गरिएका सबैजसो पानी सधैँ सूक्ष्म प्लास्टिकका कणले प्रदूषित हुन्छन् । अमेरिकामा छुट्टाछुट्टै कम्पनीका करिब २ सय ५९ पानीका बोतल र अरु आठ देशका पानीका बोतलमा गरिएको अध्ययनमा ९३ प्रतिशत बोतल ५ एमएमभन्दा साना प्लास्टिकका कण मिसिएका तथा प्रदूषित पाइएका थिए ।

६. बोतलमा प्याक गरिएका सबैजसो पानी सधैँ सूक्ष्म प्लास्टिकका कणले प्रदूषित हुन्छन् । अमेरिकामा छुट्टाछुट्टै कम्पनीका करिब २ सय ५९ पानीका बोतल र अरु आठ देशका पानीका बोतलमा गरिएको अध्ययनमा ९३ प्रतिशत बोतल ५ एमएमभन्दा साना प्लास्टिकका कण मिसिएका तथा प्रदूषित पाइएका थिए । अध्ययनमा एक बोतल पानीमा करिब १० टुक्राजति प्लास्टिकका टुक्रा पाइएका थिए । अध्ययनकर्ता सेरी म्यासनले भनेका छन्– प्लास्टिक खानु स्वास्थ्यका लागि कति हानिकारक छ, तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

७. राति अबेरसम्म काम गर्ने र बिहान अबेरसम्म सुत्ने बानीले आयु घटाउँछ । करिब ४ लाख ३० हजार किशोर–किशोरीमा करिब सात वर्षसम्म गरिएको अध्ययनले रातमा जागा रहने मानिसको मृत्यु छिटो सुत्ने र छिटो उठ्नेको तुलनामा छिटो हुने जोखिम १० प्रतिशतले बढी पाइएको थियो । त्यस्तै, मध्यरातसम्म काम गर्ने मानिसमा मधुमेह, दीर्घरोग, नसारोग र श्वास–प्रश्वाससम्बन्धी रोगको सम्भावना पनि प्रबल हुन्छ ।  अनुसन्धानकर्ता क्रिस्टिननुत्सन भन्छिन्– राति अबेरसम्म काम गर्ने मानिसमा निद्रा नलाग्ने जोखिम पनि उत्तिकै हुन्छ । त्यस्ता व्यक्ति यो संसारको सुनौलो बिहानी देख्नबाट वञ्चित हुन्छन् ।

८. खेलप्रेमी मानिस अत्यन्तै संवेदनशील हुन्छन् । बेलायतका अनुसन्धानकर्ताले करिब ३० लाख खेलप्रमीमाझ गरेको अनुसन्धानले खुसी मापन गर्ने एपद्वारा तीन सिजनमा अनुसन्धान गरेर नतिजा निकालेका थिए । जसमा आफूलाई मनपर्ने टिमले जित्दा अस्वाभाविक खुसी र टिमले हार्दा अस्वाभाविक दुःखी हुने गरेको पाइएको थियो । आफ्नो टिमले जित्दा उनीहरूको खुसी सय स्कोरले बढेको थियो र हार्दा उनीहरूको खुसीको लेवल ७ दशमलव ८ मात्रै पाइयो । अनुसन्धानकर्ता भन्छन्– यसरी नाटकीय ढंगले खुसी वा दुःखी हुनु स्वास्थ्यका लागि दयनीय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय