यदि तपाईं एक्लै भएका वेला हृदयाघात भएको शंका लागेमा के गर्ने ?

मुटुरोगसम्बन्धी हाम्रो देशमा सामाजिक जागरण एकदमै आवश्यक भएकाले यी विषयमा जानकारी लिनु र दिनु अति नै आवश्यक छ । हृदयाघातबाट हुने मृत्यु दिनप्रतिदिन बढ्दै गएकाले सबैजनाले यो रोगको सिकार हुनबाट आफूलाई र अरुलाई पनि बचाउन अति नै जरुरी छ । त्यसैले फेरि पनि एकचोटी हृदयाघात हुँदा देखिने लक्षणहरूबारे यो लेखमा चर्चा गर्दैछु । राम्रोसँग बुझ्नुभएका श्रोता तथा स्वास्थ्यकर्मीहरूले नेपालका हरेक ठाउँमा बस्ने नेपालीलाई मुटुरोगबारे र विशेस गरेर हृदयाघातका विषयमा शिक्षा दिएर सबैमा चेतना जगाउनु होसियारी अपनाउन सहयोग गर्नु सामाजिक जिम्मेवारी ठान्दछु । यसो गर्न सकिएमा मात्र यससम्बन्धी सही जानकारी उपलब्ध गराउने चिकित्सक तथा स्वस्थ्यकर्मीलाई पनि प्रोत्साहन मिल्नेछ भन्ने लाग्छ ।

हृदयाघात हुँदा देखिने प्रमुख लक्षण–
१. छातीको बीचमा, देब्रेभागमा वा छातीको पूरै भागमा एक्कासि तीव्र गतिमा वा बिस्तारै दुख्दै जानु, भारी भएको (केही चिजले थिचेजस्तो) अनुभव हुनु, एकदमै असहज महसुस हुनु (यो कम्तीमा पनि २० मिनेटसम्म भइराख्नु) ।
२. दुखाइ शरीरका अरु भागमा सर्नु (देब्रे काँध र हातमा, घाँटी वा चिउँडोमा वा छातीको पछाडितिर) ।
३. दुखेका वेला एकदमै पसिना (कोल्डपसिना) आउनु र बेहोस हुनु वा बेहोस हुन लागेजस्तो हुनु ।

पहिलो– तपाईं जतिसक्दो चाँडो डाक्टरको सम्पर्कमा आउनुपर्छ, त्यसैले इमर्जेन्सी नम्बरमा फोन गरेर चिकित्सकलाई तुरुन्तै खबर गर्नुहोस् र एम्बुलेन्स पठाउन अनुरोध गर्नुहोस् । नसके तुरुन्तै साथीलाई गुहार्नुहोस् र कल गर्न लगाउनुहोस् ।

अन्य लक्षणहरू–
उल्लिखित प्रमुख लक्षणहरू सँगसँगै निम्न लक्षणहरू देखापर्न सक्छन्, जुन महिला र बूढापाका व्यक्तिमा बढी देखिने गर्छन्–
– सास फेर्न गाह्रो हुनु ।
– वाकवाक वा बान्ता हुनु ।
– हल्का मात्र दुख्नु ।
– दुखाइ पेटको माथिल्लो भागतिर सर्नु वा पेटको माथिल्लो भागतिर मात्र दुख्नु (बीचमा, छातीको स्तम्भको तलतिर) ।
– महिला, बढी मोटोपन भएका, सुगरका बरामी र बूढापाका व्यक्तिमा प्रमुख लक्षणहरू देखा नपर्न सक्छन् । त्यसका अलावा माथि उल्लेख गरेजस्तै सामान्य अन्य लक्षणहरू मात्र देखिने गर्छन् ।
तपाईंलाई काम गरिरहेका वेला, धपेढी भएको वेला, खाना खाइरहेका वेला, चिसो मौसममा र कहिलेकाहीँ एकदमै उत्साहित भएका वेला, एकदमै रिसाएर अरुमाथि जाई लागेका वेला, वा रेस्ट गरिरहेका वेला माथिका लक्षणहरू देखापरेमा हृदयाघात भएको हुन सक्ने सम्भावना एकदमै धेरै हुन्छ । हृदयाघात विशेषगरी धमनीरोग लाग्ने प्रमुख कारण भएका व्यक्तिहरूलाई बढी हुने गर्छ । के हुन्छन् त कारणहरू ? जानेर त्यसबाट टाढै रहने कोसिस गर्नुहोला ।

१. धूमपान
आजैबाट धूमपान छोड्नुभयो भने ५ वर्षमा धूमपान नगर्ने व्यक्तिजस्तै स्वस्थ हुन सक्नुहुन्छ ।
२. रगतको चाप बढी हुनु
समयमै उपचार गरौँ, कन्ट्रोलमा राखौँ ।
३. कोलेस्टेरोलको मात्रा बढ्नु
समयमै खानामा ध्यान पुर्याऔँ र स्वस्थ खानाखाऔँ ।
४. सुगरको बिरामी हुनु
समयमै उपचार गरौँ, कन्ट्रोलमा राखौँ ।
५. रक्सीको सेवन गर्नु
भरसक नखाऔँ, खानै पर्छ भने कहिलेकाहीँ र थोरै मात्र खाऔँ ।
६. मोटोपन हुनु
नियमित रूपमा शारीरिक व्यायाम र स्वस्थ डाइट खाऔँ ।

एक्लै भएका वेला हृदयाघात भएको महसुस भयो भने के गर्ने ?
– तपाईं घरमा हुनुहुन्छ भने सेफ ठाउँमा बस्नुहोस् ( लड्दा चोट नलाग्ने ठाँउमा) ।
– बाटोमा वा काममा हुनुहुन्छ भने त्यहाँबाट सेफ ठाउँमा बिस्तारै नआत्तीकन जानुहोस् र बस्नुहोस् ।
त्यसपछि के गर्ने ?
पहिलो– तपाईं जतिसक्दो चाँडो डाक्टरको सम्पर्कमा आउनुपर्छ, त्यसैले इमर्जेन्सी नम्बरमा फोन गरेर चिकित्सकलाई तुरुन्तै खबर गर्नुहोस् र एम्बुलेन्स पठाउन अनुरोध गर्नुहोस् । नसके तुरुन्तै साथीलाई गुहार्नुहोस् र कल गर्न लगाउनुहोस् ।
दोस्रो– तपाईं ट्याक्सीको मद्दत लिएर नजिकको चिकित्सक, क्लिनिक वा अस्पतालमा जान सक्नुहुन्छ ।
तेस्रो–तपाईंलाई मेडिसिनको एलर्जी छैन भने चिकित्सक वा स्वास्थ्यकर्मीको मद्दत लिएर लक्षणहरू देखापरेकै ठाउँमा वा अस्पताल जाँदाजाँदै बाटोमै स् ब्उष्चष्ल ९छण्ण् mन ज्ञह०, ज्भउबचष्ल छण्ण्ण् क्ष्भ् र ब्तयचखबकतबतष्ल ९द्धण्mन ज्ञह० सेवन गर्न सक्नुहुन्छ । यसले एक्कासि र तीव्र गतिमा हुने हृदयाघातबाट (२०–३० प्रतिशतसम्म) बचाउन मद्दत गर्छ ।

छातीमा प्रेसर दिनु (खोकेर वा लामो सास लिएर छातीको प्रेसर बढाउनुहुँदैन । यसो गर्दा झन् गाह्रो हुने र स्ट्रेसका कारण रगतसञ्चालन प्रक्रियामा असर हुन्न जान्छ । छातीमा प्रेसर बढाउने वा दिने भनेको मुटु बन्द भएर बेहोस भएका वेला फेरि मुटुलाई सञ्चालनमा ल्याउन र कहिलेकाहीँ हृदयरोगबाट बचाउन दिने हो ।)

हृदयाघात भएका वेला गर्न नहुने कामहरू–
१. दुखाइ कम हुन्छ कि भनेर पर्खिनु र चिकित्सकबाट टाढा रहनु ।
२. आफूले केही गर्न नसक्दा मद्दत नमाग्नु र चुप लगेर बस्नु ।
३. दुखिरहेका वेला (हिँड्नु, काम गरिराख्नु, गाडी आफैँले कुदाउनु ।
४. छातीमा प्रेसर दिनु (खोकेर वा लामो सास लिएर छातीको प्रेसर बढाउनुहुँदैन । यसो गर्दा झन् गाह्रो हुने र स्ट्रेसका कारण रगतसञ्चालन प्रक्रियामा असर हुन्न जान्छ । छातीमा प्रेसर बढाउने वा दिने भनेको मुटु बन्द भएर बेहोस भएका वेला फेरि मुटुलाई सञ्चालनमा ल्याउन र कहिलेकाहीँ हृदयरोगबाट बचाउन दिने हो ।)
हृदयाघातको पहिलो उपचार भनेको समय हो, जतिसक्दो चाँडो चिकित्सककहाँ वा अस्पताल पुर्याउन सक्यो, त्यति नै धेरै हृदयाघातबाट बच्न सकिन्छ ।

लेखक मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डा. आचार्य ड्विसबर्ग, जर्मनी कार्यरत छन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय