बिरामीको मृत्युपछि मनकामना अस्पतालमा तोडफोड, उपचारमा लापरबाहीको आरोप

हेल्थपोस्ट नेपाल

चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले शुक्रबार अस्पतालमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड गरिएको हो ।

रूखको घाँस काट्नेक्रममा लडेर गम्भीर घाइते भएपछि भुसाललाई उपचारका लागि मनकामना अस्पताल ल्याइएको थियो । उपचारमा अस्पतालले लापरबाही गरेका कारण भुसालको मृत्यु भएको आक्रोशित आफन्तले आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको रिसेप्सनको सिसा फुटेको छ भने कागजपत्र च्यातिएका छन् । तोडफोडबाट करिब एक लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *