शनिबारसम्म घाम–पानी, आइतबारबाट मौसम खुल्ने

पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । पश्चिमी वायुको निम्नचापीय प्रणालीका कारण देशभर वर्षा र हिमपत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार रातिबाट पश्चिमबाट नेपाल प्रवेश गरेको वायु पूर्वतर्फ बढ्दै गएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘शुक्रबार दिनभर लगातार वर्षा हुँदैन, कुनै समय घाम लाग्छ त कुनै समय पानी पर्छ,’ कँडेल भन्छिन्, ‘उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा भने कम पानी पर्ने सम्भावना छ ।’

‘शुक्रबार दिनभर लगातार वर्षा हुँदैन, कुनै समय घाम लाग्छ त कुनै समय पानी पर्छ,’ कँडेल भन्छिन्, ‘उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा भने कम पानी पर्ने सम्भावना छ ।’

शनिबारसम्म मुलुकका अधिकांश स्थानमा हल्का वर्षा तथा हिमपात हुने अनुमान महाशाखाको छ । आइतबारदेखि मौसममा परिवर्तन आए पनि जाडो भने अझै केही दिन रहनेछ । ‘मौसममा परिवर्तन भइरहने हुँदा केही दिन चिसो महसुस हुनेछ,’ कँडेलले भनिन् ।

शुक्रबार ८ बजेर ४५ मिनेटको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस थियो भने दिनभरको अधिकतम तापक्रम १५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । मौसमविद् कँडेलका अनुसार आकाशमा बादल नहँुदा पृथ्वीको सतहबाट सूर्यको किरण मायुमण्डलमा फर्कने भएकाले न्यूनतम तापक्रम कम हुन्छ ।
शनिबार पश्चिम नेपालमा मौसम सफा रहने सम्भावना छ भने पूर्वमा भने शुक्रबार र शनिबार हल्का मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय