मापदण्डविपरितका पानी उद्योग सिलबन्दी

मापदण्डविपरीत पानी उत्पादन गरिरहेको भेटिएपछि बाँकेको न्यू लहर ड्रिकिङवाटर इन्ड्रस्ट्रिज्मा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा मापदण्ड पूरा नगरी मानव स्वास्थ्यमा हानी गर्ने उत्पादन गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले उद्योगमा सिलबन्दी गरेको हो । अनुगमनका क्रममा पटकपटक त्रुटी भेटिएर सुधारका लागि चेतावनी दिँदासमेत नगरेपछि उद्योग नै सिल गर्र्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योत्सिना श्रेष्ठ, वाणिज्य कार्यालय कृष्ण पौडेल, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सहभागी समितिले पानी उद्योगको अनुगमनगरि सिल गरेको हो ।

अनुगमनका क्रममा साइनबोर्ड नै नभेटिने, बिल पनि नकाट्ने जस्ता लापरवाही पानी उद्योगबाट भएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योत्सिना श्रेष्ठले बताइन् ।

समितिले गत असोजमा पनि मापदण्ड विपरित सञ्चालित दुई पानी उद्योगलाई कारवाहीको दायरामा ल्याएको थियो । समितिले अनुगनमका क्रममा खानेपानी सहि तरिकाले प्रशोधन नगरेको, पानीका जारहरु जथाभावी फालेको जस्ता लापरवाही फेला पार्ने गरेको जनाएको छ ।

केही उद्योगहरुले अझै पनि ल्याब टेष्ट नगरी उपभोक्ताको स्वास्थ्यमा खेलावाड गरिरहेको अनुगमनमा संलग्न एक सदस्यले बताए । ‘चेतावनीले मात्रै अवस्थामा सुधार नआए कारवाहीको विकल्प रहँदैन’, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले भने, ‘मानव स्वास्थ्यको विषय भएकाले अटेरी गर्नेलाई कारवाही गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय