पुरुषभन्दा महिलामा फरक हुन्छन् हृदयाघातका लक्षण

लामो समयदेखि छातीको दुखाइ र श्वासप्रश्वासमा असहजता (अनियमितता) हृदयाघातका प्रमुख लक्षण हुन् भन्ने विश्वास गरिँदै आएको छ । यी लक्षणहरू वर्षौंदेखिको क्लिनिकल अनुसन्धानका क्रममा पुरुषले अनुभव गर्दै आएका लक्षणका आधारमा प्रमुख मानिँदै आएको छ ।

तर, पुरुषको तुलनामा हृदयाघातको मृत्यु जोखिम महिलामा बढी हुन्छ । धेरैजसो केसमा महिलाले अनुमान नै गरेका हुँदैनन् कि, तिनीहरूलाई हृदयाघात भएको हो । र तिनीहरूले लामो समयसम्म सहयोग पनि पाउँदैनन् ।

धेरै अध्ययनले संकेत गरेका छन् कि, पुरुषको तुलनामा निकै कम महिलाले मात्रै हृदयाघातको समयमा छातीको दुखाइको अनुभव गर्छन् । अधिकांश सिनेमामा पनि पुरुषलाई हृदयाघात भएको र मृत्यु भएको दृश्य देखाइन्छ । तर, यस्तो दृश्य महिलालाई विरलै देखाइन्छ । महिलाले पनि अवश्य नै छातीको दुखाइ महसुस गर्छन् । उनीहरूमा वाकवाक लाग्ने, अपच हुने, धडकन बढ्ने, श्वासप्रश्वासमा समस्या हुने अर्थात् ढाडको दुखाइ पनि हुन्छ ।

सामान्यतः महिला र पुरुषमा हृदयाघातको लक्षण उस्तै–उस्तै हुन्छ । जस्तै, छातीको दुखाइ, प्रेसरका कारण काँध, पाखुरा र घाँटी काप्ने र श्वासप्रश्वासमा बाधाजस्ता लक्षणले मानिस झन् चिन्तित हुन्छन् र प्रेसर झन् बढ्छ ।

एक अध्ययनका अनुसार करिब आधाजसो महिलामा हृदयाघातको समयमा छातीको दुखाइ महसुस भएको थिएन । उनीहरूमा थकान तथा श्वासप्रश्वासमा असहज नै प्रमुख लक्षण थिए । सामान्यतः महिला र पुरुषमा हृदयाघातको लक्षण उस्तै–उस्तै हुन्छ । जस्तै, छातीको दुखाइ, प्रेसरका कारण काँध, पाखुरा र घाँटी काप्ने र श्वासप्रश्वासमा बाधाजस्ता लक्षणले मानिस झन् चिन्तित हुन्छन् र प्रेसर झन् बढ्छ ।

थकान अर्थात् कमजोरी महसुस, ढाड दुखाइ, अपच महिलामा देखिने थप लक्षण हुन् । तर, यी थप लक्षण देखिएमा पनि उपचारमा जाने महिला निकै कम हुन्छन् ।

किनकि, डाक्टरले पनि महिलालाई त्यस्ता लक्षण देखिएमा तत्कालै मुटुसम्बन्धी उपचारमा जान सल्लाह दिँदैनन् । धेरै अध्ययनले पुष्टि गरेका छन् कि, अधिकांश महिलामा उस्तै भ्रम छ – गहिरो छातीको दुखाइ मात्रै हृदयाघातको प्रमुख लक्षण हो । यो गलत धारणाले गर्दा उनीहरूलाई छिटोभन्दा छिटो उपचारमा जान बाधा पुर्याउँछ । कहिलेकाँही हृदयाघातका लक्षण अरु रोगसँग पनि सम्बन्धित हुन्छन्, जस्तो कि अपच । त्यसैले तपाईंले आफ्नो डाक्टरलाई इन्जाइम बल्ड टेस्ट गर्नेबारे सोध्नुपर्छ ।

पुरुष तथा महिलामा देखिने हृदयाघातका साझा लक्षण
– शरीरमा असहज महसुस
– प्रेसर घटबढ
– केही मिनेटसम्म छातीको मध्य भागमा गहिरो दुखाइ महसुस हुनु, छोड्नु र फेरि दुःख्नु
– प्रेसरका कारण काँध, घाँटी, ढाडको माथिल्लो भाग अर्थात् पाखुरामा दुखाइ महसुस हुनु
– अत्यधिक छातीको दुखाइ
– थकान अर्थात् रिँगटा
– गहिरो चिन्ता महसुस हुनु तर व्याख्या गर्न नसक्नु
– थकान बढ्दै जानु र कमजोरी महसुस हुनु
– पेट दुख्नु
– श्वास–प्रश्वासमा समस्या
– अत्यधिक गर्मी हुनु, चिटचिट पसिना आउनु, अनुहार फुङ्ङ उड्नु

महिलामा देखिने फरक लक्षण
– पसिना आउनु
– विशेषगरी देब्रे पाखुरा दुख्नु
– ढाड दुख्नु
– पेट तथा काँधको माथिल्लो भाग दुख्नु
– थकान तथा भमिटिङ
– चिउँडो दुख्नु
– अत्यधिक तथा अस्वाभाविक थकान
– कहिलेकाहीँ श्वास–प्रश्वासमा कठिनाइ
– टाउको दुख्नु तथा पसिना आउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय