गण्डकी अस्पतालको ओपिडीमा समेत विद्यार्थीको ताला

मनपरी शुल्क असुलीविरुद्ध आन्दोलित विद्यार्थीहरुले पोखराको गण्डकी मेडिकल कलेजको शिक्षण अस्पतालमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले मंगलबारदेखि नयाँ बजारस्थित अस्पतालको ओपिडी कक्ष र मेडिकल सुपरिटेण्डेन्टको कार्यकक्षमा तालबन्दी गरेका हुन् ।

एक साता अघिदेखि उनीहरु चरणबद्ध आन्दोलनमा थिए । यसअघि रिठ्ठेपानीमा रहेको कलेजमा पनि तालाबन्दी गरेका थिए । ओपिडी तालाबन्दीअघि विद्यार्थीहरुले जारी गरेको विज्ञाप्तिमा ‘विद्यार्थीको सहमति बेगर ताला खोलेमा त्यसको नोक्सान कलेज प्रशासन आँफैले ब्यहोर्नुपर्नेछ ।’ उल्लेख छ । सरकारले तोकेकोबाहेकको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, र विद्यार्थीहरुले तिरेको सम्पूर्ण रकमको विल तत्काल उपलब्ध गराउनुपर्ने माग विद्यार्थीहरुको छ ।

विद्यार्थीको मागबारे मंगलबार कलेजको बोर्ड बैठक बसेको थियो । बैठकले विद्यार्थीको माग सम्बोधन गर्न ठोस कदम नचालेको कारण तालाबन्दी गर्नुपरेको उनीहरु बताउँछन् । कलेज प्रशासनले मंगलबार ११ बजे बार्ता गर्न विद्यार्थीलाई बोलाएको थियो । तर कलेज प्रशासनको प्रतिनिधि नै उपस्थित नभएपछि बैठक बस्न सकेन । कलेजमा भएको आन्दोलन र अतिरिक्त शुल्कबारे चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि ध्यानाकर्षण भएको जनाएको छ ।

‘जिल्ला प्रशासन बोलेर पनि हुँदैन, डीन कार्यालयले बोलेर पनि हुँदैन । यसबारे निर्णय गर्ने भिसीले हो, उनले भने, ‘कार्यकारीले गरेको निर्णय हामी मान्छौं । विद्यार्थीका माग र कलेजका कागजात पनि संस्थानमा पठाउन भनेको छु ।’

मंगलबार कलेजको नाममा पत्र लेखेर संस्थानले तत्काल पठनपाठन सूचारु गर्न र सरकारले तोके अनुसारकै शुल्क लिन निर्देशन गरेको हो । आइओएमले त्रिभुवन विश्वविद्यालयले तोकेको शिक्षण शुल्क भन्दा अतिरिक्त रकम माग गरेको कारण देखाई विद्यार्थीले सुरु गरेको आन्दोलनबारे समेत जानकारी माग गरेको छ । सरकारले तोकेअनुसार नै शुल्क लिने ब्यवस्था गर्न र विद्यार्थीको पठनपाठन सुचारु हुने ब्यवस्था गर्न समेत आइओएमले कलेज प्रशासनलाई निर्देशन दिएको छ ।

कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले अहिलेको समस्या बोर्डले नभई टियूले टुंग्याउनुपर्ने बताए । ‘जिल्ला प्रशासन बोलेर पनि हुँदैन, डीन कार्यालयले बोलेर पनि हुँदैन । यसबारे निर्णय गर्ने भिसीले हो, उनले भने, ‘कार्यकारीले गरेको निर्णय हामी मान्छौं । विद्यार्थीका माग र कलेजका कागजात पनि संस्थानमा पठाउन भनेको छु ।’

कलेजमा हुने खर्चका आधारमा नियमअनुसार नै विद्यार्थीसँग शुल्क लिएको उनको दावी छ । ‘विद्यार्थीले गर्ने खर्चको आधारमा शुल्क लिएको हो । आन्दोलन गरेर केही हुनेवाला छैन, उनले भने ‘हामी नियमअनुसार चलेका छौं । गल्ती भए टियूले छानवीन गरेर कारबाही गर्छ ।’

कलेजले प्रति विद्यार्थी हरेक बर्ष १ देखि ३ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् । नर्सिङततर्फ आईओएमले ४ बर्षका लागि ७ लाख ४८ हजार र एमबिबिएसतर्फ ५ बर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको विद्यार्थीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय