काम छाडेर काठमाडौं भेला हुन सरकारी चिकित्सकलाई गोदानको आह्वान

पुस २९ मा मन्त्रालयको वार्ता टोलीसँग सहमतिपछि सामूहित तस्बिर खिँचाउदै संघको टोली ।

सरकारी चिकित्सक संघ, नेपालले देशभर कार्यरत सरकारी चिकित्सकलाई सरकारी चिकित्सक संघ, नेपालुले काठमाडौं आउन भेला हुने आह्वान गरेको छ । संघीयता कार्यान्वयन र समायोजनको सन्दर्भमा पुस २९ गते सरकारसँग भएको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले सरकारमाथि दबाब बढाउँन केन्द्रमा भेला हुन आह्वान गरेको हाे ।
संघले विज्ञाप्तिमा ठाडै सेवा रोकेर काठमाडौँ आउन नभनेपछि संघको आह्वानअनुसार सबै सदस्य काठमाडौ आउँदा देशभरको स्वास्थ्य सेवामा असर पर्ने निश्चित छ ।

संघले सरकारसँग भएको सहमति कार्यान्वनय नभई संघीयता कार्यान्वयन भएमा चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकास,मा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने भन्दै सदस्यहरुलाई सचेत गराएको छ ।

आन्दोलनमा उतार्नेगरी संघले सदस्यहरुलाई एकजुट भएर सहमति कार्यान्वयनमा दबाब नदिए मन्त्रालय जागरुक नहुने स्वास्थ्य संस्थामा झनै समस्या निम्तिने जनाएको छ । संघले प्रशासन तथा अन्य सेवाका अधिकृतस्तरका कर्मचारीलाई संघमै राख्ने तर चिकित्सकलाई प्रदेश र स्थानीइ तहमा समायोजन गर्न क्रियाशील भएको भन्दै आपत्ति जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय