सुशील कोइरला प्रखर क्यान्सर अस्पताल विवाद – केन्द्रमा मिल्यो, बाँकेमा यथावत्

बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार अन्तर्गत नै राख्ने निर्णय मन्त्रीपरिषद्ले गरेपनि नेकपाको स्थानीय नेतृत्व नाम परिवर्तनकाे पक्षमा लागेपछि स्थानीय तहमा देखिएको विवाद अझै साम्य हुन सकेको छैन् ।

सुरुमा स्थानीय सरकारकै रिपोटिङका आधारमा सत्तारुढ दलले अन्य विशेषज्ञ संस्थाका विकास समितिलाई केन्द्र सरकार अन्तर्गत राख्ने निर्णय गर्दा सुशील कोइराला र गिरीजाप्रसाद कोइरालाको नामका संस्थालाई अनिर्णयमा राखेको थियो । सोलगतै कांग्रेसले सदन र सडक तताएपछि केन्द्र सरकारले निर्णय सच्याएको थियो ।

केन्द्र सरकारले निर्णय सच्याएपनि दुबै दलका स्थानीय कार्यकर्ताको मन अझै माझिँएको छैन् । सुरुमै देशमा कम्युनिस्ट सरकार बनेसँगै क्यान्सर अस्पताललाई सुशील कोइरालाको नाममा गर्दाको विवाद सतहमा आएको थियो ।

अहिले पनि नेकपाका स्थानीय नेताहरु सुशील कोइरालाको नाम हटाएर परोपकार प्रखर क्यान्सर अस्पताल राख्नुपर्ने पक्षमा छन् । उनीहरुले त्यही तहको लबिङ गरिरहेको सुइको पाएपछि नेपाली कांग्रेसले पनि नाम परिवर्तन गरेर स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ ।

२०६५ सालमा प्रखर परोपकार मिसन नेपालका नाममा संगठित खजुरावासीले रोपेको अस्पतालको सपनाले अस्पतालको आकार लिएपछि अस्पताललाई साधनस्रोतसम्पन्न बनाउन २०७३ सालमा सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइराला र साबिकको अस्पताल सञ्चालक प्रखर संस्थासमेतको नाममा नामकरण गरी सरकारी स्वामित्वमा ल्याइएको थियो ।

सुरुमा अस्पतालको नाम परिवर्तनदेखि स्वामित्व परिवर्तनका साक्षी एवं पदाधिकारीसमेत अहिले फरक मत राखिरहेका छन् । पछिल्लो समय कोइरालाको नाम नामेट गर्नकै लागि सल्टिसकिएको बिबादको पुनरावृति गरिएको आरोप कांग्रेसका स्थानीय नेताको छ ।

भवन, जग्गा र सपना भएरपनि चल्न नसकेको अस्पताललाई तत्कालिन स्वास्थ्यमन्त्री गगन थापा स्थानीयको सहमति लिएरै मन्त्रालयमातहतमा ल्याएका थिए । पछि सरकारले गठन आदेश जारी गरेर कानूनी प्रक्रियासहित सुरुमा ४ करोड बजेट उपलब्ध गराएर भरतपुर क्यान्सर अस्पतालबाट विशेषज्ञ पठाएर सेवा सुरु गराएको थियो । अहिले अस्पतालमा क्यान्सरका धेरै सेवाहरु सुरु भइसकेका छन् ।

सुरुमा अस्पतालको नाम परिवर्तनदेखि स्वामित्व परिवर्तनका साक्षी एवं पदाधिकारीसमेत अहिले फरक मत राखिरहेका छन् । पछिल्लो समय कोइरालाको नाम नामेट गर्नकै लागि सल्टिसकिएको बिबादको पुनरावृति गरिएको आरोप कांग्रेसका स्थानीय नेताको छ ।

‘खजुरावासीको पहलमा यहाँका जनताले स्थापना गरेको साझा भावनाको प्रतिविम्बलाई एकजना नेताको नाममा राजनीतीकरण गरेपछि अस्पतालको भविष्यमा संक्रमण सुरु भएको हो,’ प्रखर परोपकार मिसन नेपालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले पछिल्लो संकटबारे भने । कक्षपतिकै अध्यक्षतामा भएको वर्तमान अस्पताल विकास समिति सरकारले खारेज गरेको थियो ।

पछिल्लो समय सरकारको निर्णयमा सहमत देखिएका कक्षपतिले अस्पताल सञ्चालनमा समस्या आएपछि आफूहरू तत्कालीन सरकारको प्रस्ताव मान्न बाध्य भएको बताए । खजुरा गाउँपालिकाका प्रमुखसमेत रहेका कक्षपतिले प्रत्यक्ष जनसहभागितामा निर्माण भएको क्यान्सर अस्पतालबारे प्रधानमन्त्री पूर्णतया जानकार रहेको भन्दै अस्पताललाई नयाँ मोडालिटीमा लैजाने सरकारको योजनामा आफ्नो साथ रहने बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले सरकारले फेरी अस्पताललाई केन्द्र सरकार मातहतमा ल्याएकोले अब सो अनुसार विवाद नगरी अस्पताल चलाउनुको विकल्प नभएको बताउँछिन् । ‘स्थानीय समुदायको अग्रसरतामा अस्पताल बनेको हो, नेकपाको मात्रै अग्रसरतामा भनेको भन्ने होइन्,’ उनले हेल्थपोस्टसँग भनिन्, ‘विशेषज्ञ तहको अस्पताल स्थानीय वा प्रदेश सरकारले पनि चलाउँन सक्दैन भनेरै हामी केन्द्र मातहतमा राख्नुपर्ने पक्षमा उभिएका हौ,’ ।
थापाले अहिले पनि केही व्यक्तिलाई सुशील कोइरालाको नाममा चित्न नबुझेको भन्दै अब नामको विवाद झिक्नुको अर्थ नहुने भन्दै अस्पतालको नामबाट सुशील कोइरालाको नाम कसैले मेट्न नसक्ने बनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय