मधुमेह छ ? मिलाउनुस् खानाको सन्तुलन

रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा सामान्यभन्दा बढी भएको अवस्थालाई मधुमेह वा चिनीरोग भनिन्छ । विशेषगरी शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नभएमा, इन्सुलिनको कार्यक्षमतामा ह्रास आउनाले वा इन्सुलिनको उचित उपयोग नभएमा मधुमेह हुन सक्छ । यस प्रकारको मधुमेहलाई वंशानुगत कारण, उमेरबाहेक परिवर्तित जीवनशैलीले ठूलो प्रभाव पारेको हुन्छ । करिब ९० प्रतिशतमा दोस्रो प्रकारको मधुमेह भएको पाइन्छ ।

सक्रिय जीवन, तौल सन्तुलन, खानपिनमा नियन्त्रण गर्न सकेमा यस प्रकारको मधुमेहको समस्यालाई न्यूनीकरण गर्नुका साथै यसबाट हुने अन्य जटिल स्वास्थ्य समस्यालाई समेत नियन्त्रण गरी स्वस्थ र आनन्दित जीवनयापन गर्न सकिन्छ । मुख्य रूपले क्यालोरी दिने पौष्टिक तत्वहरू, जस्तै : कार्बोहाइड्रेट, प्रोटिन तथा चिल्लोपदार्थको राम्ररी मेटाबेलिजम क्रिया नभएमा शरीरले आवश्यक शक्ति प्राप्त गर्न नसक्दा रगतमा सामान्यभन्दा बढी चिनीको मात्रा हुन सक्छ । यसप्रकार क्यालोरी प्राप्त हुने पौष्टिक तत्वले रगतमा चिनीको मात्रालाई प्रभाव पार्ने हुनाले यस्तो स्थितिमा विशेषगरी दैनिक भोजनको व्यवस्था गर्दा क्यालोरीको सन्तुलनमा ध्यान दिनुपर्छ ।

मधुमेह भएका व्यक्तिलाई एकै प्रकारका भोजन र सबै प्रकारका पौष्टिक तत्व एउटै परिमाणमा उपयुक्त हुँदैन । व्यक्तिको शारीरिक अवस्था, तौल, उमेरअनुसार पौष्टिक तत्वको मात्रा पनि फरक–फरक हुन्छ । तौल ठिक भएका सामान्य काम गर्ने मधुमेहीलाई बढी मात्रामा आवश्यक पर्ने पौष्टिक तत्वबाट प्राप्त हुने क्यालोरीको अनुपात निम्नानुसार हुनुपर्दछ :

कुल क्यालोरीमध्ये–

कार्बोहाइड्रेटबाट – ५०
प्रोटिनबाट – २० प्रतिशत
चिल्लोपदार्थबाट – ३० प्रतिशत

(३० प्रतिशतमध्ये १० प्रतिशत तृप्त फ्याटी एसिडबाट र बाँकी २० प्रतिशत अतृप्त फ्याटी एसिडबाट)

उल्लिखित पौष्टिक तत्वले मधुमेह भएका व्यक्तिको रगतमा चिनीको मात्रा घटबढ गर्नमा प्रमुख भूमिका खेल्ने भए पनि दैनिक थोरै मात्र आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व अर्थात् भिटामिन तथा खनिजपदार्थको आवश्यकतालाई पनि विचार पु¥याउनु जरुरी हुन्छ ।
यी सूक्ष्म पौष्टिक तत्वले कार्बोहाइड्रेट, प्रोटिन तथा चिल्लोपदार्थको मेटाबोलिजममा प्रभाव पार्नुका साथै शरीरमा हर्मोन, इन्जाइम बनाउने, अम्ल तथा क्षारको सन्तुलन राख्ने (रगतलाई न्युट्रल राख्ने) स्नायु तन्तु सक्रिय राख्नेजस्ता कार्यमा सहयोग पु-याउँछ ।

स्वस्थ व्यक्तिका लागि भिटामिन तथा खनिजपदार्थको दैनिक आवश्यकता निर्धारण गरिएको छ । तर, मधुमेह भएको अवस्थामा यी तत्वको आवश्यकता कति छ भन्ने कुरा व्यक्तिको अवस्था हेरी केही परिमाण तय गर्नुपर्ने हुन्छ ।
मधुमेह भएका व्यक्तिको तौलका आधारमा क्यालोरीको परिमाण थपघट गर्नुपर्ने हुन्छ । क्यालोरीको परिमाण कम गर्दा (दैनिक भोजनमा) सोही अनुपातमा थायमिन, राइबोफ्लेबिन र नायसिनको मात्रा घटाउनुपर्ने हुन्छ ।

प्रायः मधुमेहमा छिटो–छिटो पिसाब हुने समस्याले गर्दा खनिजपदार्थ खेर जाने हुन्छ । केही सूक्ष्म पौष्टिक तत्व, जस्तै : पोटासियम, सोडियम, म्याग्नेसियमलगायतको अवस्था शरीरमा कस्तो छ भन्ने कुरा रगतको सेरमको जाँचबाट थाहा पाइने भए पनि कतिपय अन्य तत्वको स्थिति थाहा पाउन गाह्रो हुन्छ । एकातिर विभिन्न कारणले गर्दा शरीरमा यी अभाव हुन सक्छन् भने अर्कोतिर क्रोमियम, पोटासियम, म्याग्नेसियम, जिंकजस्ता तत्वको अभावमा भोजनबाट प्राप्त कार्बाेहाइड्रेटको शोषण तथा मेटाबोलिजम राम्ररी हुन नसकी पर्याप्त क्यालोरी प्राप्त गर्न नसक्ने हुन्छ ।

प्रायः मधुमेहमा छिटो–छिटो पिसाब हुने समस्याले गर्दा खनिजपदार्थ खेर जाने हुन्छ । केही सूक्ष्म पौष्टिक तत्व, जस्तै : पोटासियम, सोडियम, म्याग्नेसियमलगायतको अवस्था शरीरमा कस्तो छ भन्ने कुरा रगतको सेरमको जाँचबाट थाहा पाइने भए पनि कतिपय अन्य तत्वको स्थिति थाहा पाउन गाह्रो हुन्छ ।

भिटामिन ए, सी, ई तथा खनिजपदार्थ कपर, सेलिनियम, जिंक र वनस्पति स्रोतबाट मात्र प्राप्त हुने फाइटोकेमिकल अर्थात् फाइटोन्युट्रिस, जस्तै : बायोफ्लेभोनोइड, क्यारोटिनोइड, फ्लेभोनोइड, फाइटोस्टेरोजिन आदि एन्टिअक्सिडेन्ट प्रकृतिको हुने भएकाले, यी तत्वले फ्री -याडिकललाई न्युट्रल गर्ने हुनाले मधुमेहको समस्यालाई नियन्त्रण गर्नुका साथै मधुमेहबाट हुन सक्ने अन्य जटिल स्वास्थ्य समस्या जस्तै : मुटुसम्बन्धी, उच्च रक्तचाप, उच्च कोलेस्टोरेल आदिसमेत कम गर्न सहयोग       पु-याउँछ ।

फाइटोकेमिकलका खाद्यस्रोत :

पूरै अन्न ब्रोकाउली
काउली अमिला फलफूल
हरियो सागसब्जी लसुन
प्याज ग्रिनटी
गोलभेँडा भटमास

यसैगरी, मधुमेह भएका व्यक्तिले दैनिक प्राप्त गर्ने सोडियम तत्वको मात्राप्रति पनि ध्यान दिनु आवश्यक हुन्छ । प्रायः मधुमेह भएका व्यक्तिमा उच्च रक्तचापको प्रबल सम्भावना हुने भएकाले सोडियमको मात्रा कम गर्नुपर्दछ । दैनिक ५०० मिलिग्राम वा सोभन्दा कम भए पुग्दछ । यसका लागि खाने नुन तथा सोडियमयुक्त खाद्य पदार्थको प्रयोग कम गर्नुपर्छ ।
यस प्रकार मधुमेह भएका व्यक्ति तथा उनको परिवार (विशेषतः भोजनको व्यवस्था गर्ने व्यक्ति)ले दैनिक कार्बोहाइर्डेट, प्रोटिन तथा चिल्लोपदार्थबाट प्राप्त हुने क्यालोरीको परिमाणलाई ध्यानमा राखी सकेसम्म भिटामिन तथा खनिजपदार्थयुक्त प्राकृतिक खाद्य स्रोतलाई प्राथमिकता दिई सन्तुलित भोजनको व्यवस्था गर्न सकेमा रगतमा चिनीको मात्रा नियन्त्रण हुने तथा औषधिको सेवन कम गर्नमा सहयोग पुग्नुका साथै यसबाट हुने अन्य स्वास्थ्य समस्याबाट पनि बचाउँछ ।

खानामा दैनिक समावेश गर्नुपर्ने खाद्य पदार्थ र परिमाण

खाद्य समूह परिमाण एकपटक
अन्न समूह ६ देखि ११ पटक एउटा ठिक्कको पाउरोटी
३/४ कप सिरियल
१–३ कप भात, पास्ता
२ वटा रोटी

सागसब्जी ३–५ पटक काँचो १ कप
पकाएको १/२ कप
फलफूल २–४ पटक ताजा फलफूल
ठिक्कको सानो
दूध, दही २–३ पटक १ गिलास
(चिल्लोरहित)
माछा, मासु, अण्डा २ पटक ५०–७० ग्राम
गोलभेँडा, दाल (अण्डा हप्ताको
२ बटा ३ पटक)
चिनी, चिल्लोपदार्थ थोरै

मधुमेह भएका व्यक्तिले दैनिक क्यालोरीबाहेक भिटामिन तथा खनिजपदार्थजस्ता सूक्ष्म पौष्टिक तत्वको आवश्यकता पूर्ति गर्नका लागि खानाको छनोट गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ :
– पाँचै खाद्य समूह अन्न समूह, दाल, गेडागुडी तथा माछा, मासु, अण्डा समूह, दूध समूह, सागसब्जी समूह, फलफूल समूहबाट पर्ने गरी दैनिक भोजनको व्यवस्था गर्नुपर्छ । चिनी, चिल्लोपदार्थको ज्यादै कम गर्नुपर्छ ।
– प्राकृतिक पदार्थ जस्तै : सबै अन्न, ताजा फलफूल, हरियो सागपात भोजनमा प्रशस्त समावेश गर्नुपर्छ ।
– कतिपय भिटामिन तथा खनिजपदार्थ पकाउँदा नष्ट हुने भएकाले उपयुक्त पकाउने विधि जस्तै ः उमाल्ने (थोरै पानीमा), बफ्याउने, बेक गर्ने, सेक्ने आदिको छनोट गर्नुपर्छ ।
– दैनिक भोजनमा सोडियमको मात्रा कम गर्न खाने नुन तथा सोडियमयुक्त खाद्य पदार्थ विशेषतः तयारी र प्रशोधित खाद्य पदार्थ कम समावेश गर्नुपर्छ ।
– पोटासियम, म्याग्नेसियम, सेलिनियमजस्ता खनिजपदार्थ प्रशस्त प्राप्त हुने खाद्य पदार्थ जस्तै ः सबै अन्न, कुरिलो, पालुंगो, गोलभेँडा, सुन्तला, स्याउ, केरा (ठिक परिमाणमा मात्र) हरियो गेडागुडी, माछा, तोफु आदि भोजनमा समावेश गर्नुपर्छ ।
– फाइबरयुक्त खाद्य पदार्थ भोजनमा समावेश गर्दा एकातिर क्यालोरी नियन्त्रण हुन्छ भने अर्कोतिर आवश्यक तत्वहरू सहज रूपमा प्राप्त हुन सक्छ ।
– चिल्लोरहित दूध, दही, दूधका परिकार दिनको २ देखि ३ पटक भोजनमा समावेश गर्नुपर्छ ।
– दैनिक कम्तीमा पनि ८ गिलास सफा शुद्ध पानी पिउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय