आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाब दिन नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्था ठप्प हुने भएका छन् ।
संघले डा. केसीको १६औँ अनशनको २४औँ दिन एक दिनका लागि सम्पूर्ण संस्थामा सांकेतिक विरोध स्वारुप बन्द आह्वान गरेको हो । संघको आह्वानसँगै विहानदेखि अधिकांश ठूला अस्पतालमा ओपिडी चलाएका छन् । औपचारिक रुपमा ओपिडी बन्द नगरेको अस्पतालमा पनि चिकित्सकहरु स्वेच्छिक रुपमा उपस्थित नभएपनि सेवा हुनसकेको छैन् ।

वीर, त्रिवि शिक्षण र धरानको रेजिडेन्टको आह्वानमा अघिल्लो विहीबारदेखि नै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ ।  सरकारले शान्तिपूर्ण अनशन, धर्ना र र्यालीलाई नसुनेको भन्दै संघले शुक्रबारका लागि बन्द घोषणा गरेको हो । सरकार समर्थित केही चिकित्सकले संघको बन्दविरुद्ध विरामी हेर्ने घोषणा गरेपनि त्यसले संघले गरेको बन्दमा खासै असर नपर्ने चिकित्सकहरु बताउँछन् ।

संघले गर्दै आएका अनशनलगायत आन्दोलनका शान्तिपूर्ण कार्यक्रमहरूलाई पूर्णतः बेवास्ता गर्दै उल्टै घुसपैठ र अवरोध सिर्जना गर्नेतर्फ सरकार उद्यत भएकाले स्वास्थ्यसेवा नै बन्द गर्ने तहमा उत्रिनुपरेको संघले जनाएको छ । सरकारका हालसम्मका रबैया निन्दित र भत्र्सनायोग्य भएको जनाउँदै संघले त्यसले चिकित्सकहरूलाई स्तब्ध बनाएको बताएको छ ।

आमसर्वसाधारण नेपालीको सस्तो, सुलभ र गुणस्तरीय चिकित्साशिक्षा तथा स्वास्थ्यसेवाका लागि निरन्तर लडिरहेका डा. केसीको सत्याग्रह २३औँ दिनमा पुगिसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै चासो नदेखाउनुले सरकारको संवेदनहीनता छताछुल्ल भएको भन्दै संघले योभन्दा पनि कडा र अप्रिय कदम चाल्न बाध्य नपार्न सरकारलाई सजग गराएको छ ।
‘डा. केसीको स्वास्थ्यमा गम्भीर असरहरू देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निष्क्रिय कदमप्रति हामी मर्माहत भएका छौँ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनस्वास्थ्यका लागि जीवन समर्पण गर्ने सत्याग्रहीको जीवनरक्षार्थ सरकारले आधारभूत मानवअधिकारको समेत सरकाले पालना नगरेकाले त्यसविरुद्ध सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायत सम्पूर्ण स्वास्थ्यसंस्थामा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्न संघले आह्वान गरेको छ । ‘डा. केसीको जीवनरक्षाका लागि संघको नेतृत्वमा घोषित आन्दोलनलाई कुनै आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलतालाई आत्मसात् गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरूले पूर्ण रूपमा कार्यान्वयन गर्नु–गराउनुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, संघले सरकारमा सामान्य मानवीय संवेदनासमेत नदेखिएकाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रले समेत अप्रिय आन्दोलन झेल्नुपरिरहेको बताउँदै योभन्दा कडा कदम चाल्नुपर्ने परिस्थिति सिर्जना नगरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसमक्ष माग गरेको छ । अन्यथा, आन्दोलन थप कठोर हुने र त्यसले स्वास्थ्यक्षेत्रमा सिर्जना गर्ने जुनसुकै परिस्थितिको जिम्मेवार सरकार नै हुनेतर्फसमेत संघले सचेत गराएको छ ।

शुक्रबार नै डा. केसीको अनशनलाई पूर्णतः बेवास्ता गर्दै सत्तापक्षले राष्ट्रिय सभाबाटसमेत चिकित्साशिक्षा विधेयक पािरत गराएर समाधानको सबै ढोका बन्द गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय