देउवाले डा. केसीलाई भने– अनशन रोक्नुस् सँगै संघर्ष गरौँ

नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा २३ दिनदेखि अनशनरत डा. केसीलाई अनशन तोडेर संघर्ष जारी राख्न आग्रह गरेका छन् । डा. भेट्न विहीबार अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका नेता देउवाले प्रतिपक्षले माग पूरा गराउँन अन्तिम समयसम्म प्रयास गरेपनि नसकेको बताएको डा. केसीको सहयोगी किशोर केसीले जानकारी दिए । देउवाले सरकारले डा. केसीलाई जेसुकै होस् भनेजस्तो व्यवहार गरेको केसीलार्इ बताए ।

उनले अनशन रोकेर नयाँ ढंगले संघर्ष जारी राख्न पनि केसीसँग आग्रह गरेका थिए । ‘हाम्रो पार्टी र सम्पूर्ण नेपालीको चाहाना पनि अब अनशन रोकेर जीवन रक्षा गर्दै लडाईँ जारी राखौँ भन्ने छ,’ उनले भने । देउवा डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्दा काँग्रेसका यूवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई समेत सँगै लिएर गएका थिए ।

डा. केसीले अनशन जारी राख्ने, शनिबार देशभर प्रदर्शन
चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएपनि डा. गोविन्द केसीलाई सत्याग्रहलाई भने निरन्तरता दिने भएका छन् । सोलिडारिटी फर डा. केसी अलायन्सले विधेयक पास भएसँगै विज्ञाप्तिजारी गरि चिकित्सा शिक्षा सुधारको अभियानलाई सार्थक निश्कर्षमा पुर्याउन सत्याग्रहलाई थप ऊर्जासहित निरन्तरता दिने जनाएको छ ।

अभियानले आम नागरिकसँग यो परिस्थितिमा डा. केसीको जीवन रक्षा तथा एजेण्डाको जीतका लागि थप सक्रिय र रचनात्मक भुमिकासहित योगदानका लागि आह्वान गरेको छ । सो क्रममा माघ १९ गते शनिबार दिनको १२ बजे माइतीघर मण्डला लगायत देशभरका शहरका विभिन्न चोकहरुमा हुने प्रदर्शनहरुमा सहभागी हुन आम नागरिकसँग अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय