डाक्टर केसीको समर्थनमा पेसाकर्मी सडकमा

हेल्थपोस्ट नेपाल

२३ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन विभिन्न पेशाकर्मीले बिहिबार प्रदर्शन गरेका छन् । वार्ता गरेर निकास दिनुको साटो सरकार झनझन कठोर बन्दै गएको भन्दै डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, पत्रकार, बुद्धिजीवीको सगंठनले यस्तो प्रदर्शन गरेका हुन् ।

१ बजे माइतीघरमा भेला भएका पेसाकर्मीले नाराबाजीसहित बानेश्वर पुगेर कोणसभा गरेका थिए । कोणसभालाइ संवोधन गर्दै सयोंजक एवं प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीका माग पूरा गराउन प्रधानमन्त्री असफल भएकोले राजीनामा दिनुपर्ने बताए । ‘उहाँले माग पूरा गर्छु भनेर सम्झौता गर्नुभयो, तर संसदले उहाँलाई विश्वास गरेन्’ डा. केसीले भने, ‘कि माग पूरा गर्नुस् कि राजिनामा दिनुस्’ । चिकित्सकसंघका पूर्व अध्यक्ष समेत रहेका डा. केसीले एउटा डाक्टर मृत्युशैयामा हुँदा अरु चिकित्सा विरामी हेरर बस्न नसक्ने भन्दै खुट्टा नकमाई कडा आन्दोलनमा उत्र्रिन चिकित्सकलाई आग्रह गरे ।

यो पनि

डा. केसीको जीवनरक्षाका लागि उत्रिए १२ पेसागत संगठन, बिहीबार १ बजे बृहत् -याली

इन्जियिनर एशोसिएसनका पूर्व अध्यक्ष सरोज देवकोटाले जनताको मौलिक हकको कार्यन्वयनका निम्ति एउटा डाक्टर लडिरहेको र सिंगो राज्य डाक्टरविरुद्ध लागेको भन्दै डा. केसीालाई नेपालीको प्रतिनिधिको संज्ञा दिए । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले डा. केसीको समर्थनमा प्राध्यापक पनि अनशनमा बस्ने र सरकारलाई घुँडा टेकाएर छाड्ने चेतावनी दिए ।
प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष योगेन्द्र अधिकारीले सरकार वकीलहरुलाई समेत सडकमा उतारेको भन्दै अब आम नागरिकसमेत समेत सडकमा उत्र्रिनुपर्ने अवस्था आएको बताए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *