उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गरी कारबाही सिफारिस गरेको डाक्टर अनशनविरोधी मोर्चाको नेतृत्वकर्ता

देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्षबाट सम्मान थाप्दै डा. उप्रेती

चिकित्साशिक्षासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग र अन्य छानविन समितिले समेत दोसी ठहरगरी कारवाही सिफारिस गरेको एक चिकित्सकले कारवाहीबाट जोगिन डा. केसी अनशनविरुद्ध कार्यक्रम गर्ने घोषणा गरेका छन् । अस्पतालका वेसिक साइन्का प्राध्यापक एवं महाराजगञ्ज क्याम्पसका पूर्वप्रमुख डा. रामप्रसाद उप्रेतीले आफ्ने नेतृत्वमा विहीबार डा. केसी अनशन विरुद्ध अस्पतालमा प्रदर्शनको घोषणा गरेका छन् ।

पछिल्लो अनशनमा समेत डा. केसीले १५औँ अनशनको सम्झौताअनुसार चिकित्साशिक्षा ऐन पारित, गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले दोसी ठहर गरेकामा कारवाहीको समेत माग प्रमुख रुपमा उठाएका छन् । सो अनशनविरुद्ध डा. उप्रेतीको नेतृत्वमा आइतबार प्रदर्शन गर्ने घोषणा भएको छ ।

चिकित्सा शिक्षासम्बन्धी आयोगले कारवाही गरेका ४३ मा उप्रेतिको समेत नाम छ ।  डा. उप्रेतिसहित ७ जनालाई घट्टेकुलोस्थित काठमाडौ नेशनल मेडिकल कलेजको २०७० सालमा अनुगमनगरी स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति नै नपाएको अस्पताललाई पूर्वाधार पुगेको भन्दै प्रतिवेदन दिएका थिए ।

यस्तो छ सरकारले ‘गुपचुप’ राखिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन 

 

१६औँ अनशनका क्रममा डा. केसी सो प्रतिवेदनसमेत कार्यन्वयनमा माग राखेका छन् । आयोगेले उनलाई पनि दोसी ठहरगरी तीन वर्षसम्म कुनै पनि सरकारी अर्ध सरकारी नियुक्ती रोक्न सिफारिस गरेको छ ।

त्यतिमात्रै होइन् डा. उप्रेती क्याम्पस प्रमुख हुँदा तत्कालिन डिन डा. अरुण सायमीसँग स्नातकोत्तर तहको प्रश्नपत्र किनबेचको विवादमा समेत मुछिएका थिए । सो विवादमा डा. उप्रेती समूहकै कारण १९ दिनसम्म शिक्षण अस्पताल बन्द भएको थियो । अहिले उप्रेती नेतृत्वको समूहले अस्पताललाई बन्द हड्ताल गर्न नपाइने मागसमेत अगाडि सारेको छ ।

सरकारले गठन जयराज गिरी नेतृत्वको समितिले समेत डा. उप्रेतिलाई समेत कारवाही गर्न त्रिवि कार्यकारी परिषद् समक्ष सिफारिस गरेको थियो । उप्रेती तत्कालिन समयमा माओवादी कोटामा क्याम्पस प्रमुख बनेका थिए ।

पदीय दुरुपयोग गरेको भन्दै गिरी समितिले आर्थिक अनियमितता समेत छानविन गर्न सिफारिस भएपनि अख्तियारले थप छानविनसमेत नगरी जोगाएको थियो । पछिल्लोसमय उप्रेतिको विभिन्न नियुक्तीमा नाम आउँदा डा. केसीले विरोध गर्ने गरेका कारण उप्रेति सुरुदेखि नै केसी विरुद्ध छन् । विचका अनशनमा समेत समयसमयमा उप्रेती अनशनविरोधमा प्रदर्शन गर्दै आएका थिए । डा. केसीले पनि विभिन्न अनशनमा जयराम गिरी समितिको सिफारिसअनुसार दोसीमाथि कारवाही माग गरेर सरकारसँग सम्झौता समेत गरेपनि उनीमाथि कारवाही भएको छैन् । पछिल्लोपटक गौरी कार्की आयोगले समेत दोसी ठहर गरेका उप्रेति केसीविरुद्ध उत्रेका हुन् ।

डा. उप्रेतीलाई आयोग र ती समितिले कारवाही सिफारिस गरेका चिकित्सक तथा आइओएमका नेकपा निकटका कर्मचारीले साथ दिने तयारी छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय