गुणस्तरीय स्वास्थ्यसेवा पाउन डा. केसीको अभिभावकत्व सधैँ चाहिन्छ

राजनीतिक पार्टीहरू कमजोर भएको अवस्थामा राजनीतिक परिवर्तनलाई आत्मसात् गर्न सघाउने संघसंस्था र विभिन्न तहका नागरिकमा स्वास्थ्यकर्मी तथा चिकित्सकको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यस अर्थमा नेपालको चिकित्साक्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी अनशनरत रहेको भवनअगाडि एउटा सूचना लेखिएको छ– यहाँ टिभीको औषधि निःशुल्क पाइन्छ ।
त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवननिकट भविष्यमा ३ करोड नेपाली जनताका लागि एउटा पवित्रस्थलको रूपमा स्थापित हुनेछ । जो–जो यो भवनमा आउनेछन्, उनीले यो भवनप्रति श्रद्धाले शिर निहुराउनेछन् ।
विगतका दिनमा जसरी यहाँको प्रवेश परीक्षाका क्रममा धाँधली हुने गरेका थिए, त्यसबारे डा. गोविन्द केसीले विरोध जनाउँदा उनीप्रति नकारात्मक नजरले हेरियो । त्यसैगरी गरिबका छोरा–छोरीले छात्रवृत्ति पाउनुपर्छ भन्ने मागसहित डा. केसी अगाडि बढ्न खोज्दा उनलाई पागलको संज्ञा दिइयो ।
त्यस्तै, प्रतिस्पर्धाका आधारमा चिकित्सक बन्न पाउनु विश्वको मान्यता हो र त्यो नेपालमा पनि लागू हुनुपर्छ भन्ने माग गर्दा उनको मागलाई उपेक्षा गरियो । काठमाडौं उपत्यकाभित्र अनियन्त्रित रूपमा खोलिएका मेडिकल कलेजका कारण नेपालको समग्र चिकित्साक्षेत्रमा नकारात्मक असर पर्छ भन्ने धारणा राख्दासमेत केसीको मागलाई बेवास्ता गरिएको थियो । विश्वका विभिन्न मुलुकबाट प्रमाणित भइसकेको उक्त तथ्यलाई समेत नेपाल सरकारले बेवास्ता गरेको थियो । सम्पन्न मुलुक अमेरिका तथा छिमेकी देश बंगलादेशको ढाकामा जथाभावी रूपमा मेडिकल कलेज खोलिँदा जुन हविगत भएको छ, त्यसबाट सरकारले अलिकति पनि सिक्न खोजेन ।

लोकतन्त्रको पक्षमा लड्ने राजनीतिक पार्टीहरूले मुलुकको चिकित्साक्षेत्रमा व्याप्त विकृति–विसंगतिविरुद्ध लड्ने डा. केसीको मागलाई बेवास्ता गर्न किमार्थ मिल्दैन । चिकित्साक्षेत्रमा व्याप्त विकृति–विसंगतिलाई हटाउनकै लागि भए पनि डा. केसी बाँच्नै पर्छ । कारणवश डा. केसीको जीवन तल–माथि भयो भने फेरि पनि पहिलेको इतिहास दोहोरिन सक्छ । ३ करोड नेपालीलाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न डा. केसी बाँच्नैपर्छ । आमजनताले गुणस्तरीय स्वास्थ्यसेवा पाउनका लागि लडाइँ बाँकी नै छ, त्यसका लागि डाक्टर केसीको अभिभावकत्व आवश्यक छ ।

राजनीतिक स्वार्थपूर्तिका लागि जति पनि मेडिकल कलेज खोल्न पाउनुपर्छ भन्ने धारणा सरकारको छ । जननिर्वाचित सरकारलाई निर्देशन दिने त्यो एउटा चिकित्सक (डा. केसी) को हो भन्ने धारणा सरकारको छ । तर, सम्पूर्ण नेपाली जनताको साथ र समर्थनमा डा. केसीले विजय हासिल गर्दै आएका छन् । विश्व इतिहासले प्रमाणित गरेको छ कि सत्यको जहिले पनि विजय नै हुन्छ । त्यसैले सत्याग्रहीको सधैँ विजय हुन्छ ।

१० साउनमा सत्याग्रही डा. केसी र कार्यकारी प्रमुखकै पहलमा सरकारबीच ३ करोड नेपाली जनतालाई साक्षी राखेर जुन सहमति भयो, त्यसको आज किन उल्लंघन भयो भन्ने कुराको जवाफ सरकारले दिनु आवश्यक छ । के डा. केसीलाई सहिद नै बनाउन खोजिएको हो त ? त्यसको जवाफ सरकारले दिनु आवश्यक छ । कुनै पनि व्यक्तिलाई सहिद बनाउने व्यक्ति धरासायी हुन्छन् भन्ने विश्व इतिहासले नै पुष्टि गरिसकेको छ ।
लोकतन्त्रको पक्षमा लड्ने राजनीतिक पार्टीहरूले मुलुकको चिकित्साक्षेत्रमा व्याप्त विकृति–विसंगतिविरुद्ध लड्ने डा. केसीको मागलाई बेवास्ता गर्न किमार्थ मिल्दैन । चिकित्साक्षेत्रमा व्याप्त विकृति–विसंगतिलाई हटाउनकै लागि भए पनि डा. केसी बाँच्नै पर्छ । कारणवश डा. केसीको जीवन तल–माथि भयो भने फेरि पनि पहिलेको इतिहास दोहोरिन सक्छ । ३ करोड नेपालीलाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न डा. केसी बाँच्नैपर्छ । आमजनताले गुणस्तरीय स्वास्थ्यसेवा पाउनका लागि लडाइँ बाँकी नै छ, त्यसका लागि डाक्टर केसीको अभिभावकत्व आवश्यक छ ।

अनशन बस्नु चिकित्सकको रहर नभई बाध्यता हो । आन्दोलन तथा अनशनका नाममा जनतालाई सेवा नदिनु हाम्रो नैतिकताभित्रको कुरा होइन । जनताप्रतिको जिम्मेवारीको भावनाले पनि हामी अभिप्रेरित छौँ । त्यसकारण सरकारले आजै संसदीय प्रक्रियाबाट डा. केसीका माग पूरा गरेमा मुलुकमा अशान्ति तथा चिकित्सक हड्तालको अवस्था आउने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय