रिले अनशन बिथोल्न खोजे ओपिडी बन्द गर्ने चिकित्सक संघको चेतावनी, आन्दोलनविरुद्ध लाग्नेमाथि कारबाही

नेपाल चिकित्सक संघले देशभर जारी रिले अनशन बिथोल्ने प्रयास भइरहेको भन्दै त्यस्तो गरिए देशभर आकस्मिकबाहेकको सेवा ठप्प पारिदिने चेतावनी दिएको छ । संघले आन्दोलनप्रति अफवाह फैलाउने र गलत सूचना प्रवाह गर्नेमाथि समेत कारबाहीको चेतावनी दिएको छ ।

संघले सोमबार साँझ विज्ञाप्ति जारी गरी रिले अनशन बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि घुसपैठ गर्न खोज्ने र शान्तिपूर्ण वातावरणलाई खलल पुर्याउने चेष्टा भएको भन्दै आपित्त जनाएको छ । संघले यस्तो परिस्थिति आए कुनै पनि वेला देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

संघले दिनभर रिले अनशन गरिरहँदा राज्यको संरक्षणमा समानान्तर अनशनमा राखिएका एक युवाको समर्थकका नाममा बिथोल्ने प्रयास भएको थियो । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले राज्यका प्रभाव र प्रलोभनमा परेर केही व्यक्तिहरु संघका कार्यक्रम विथोल्ने प्रयासमा लागेको भन्दै उनीहरुको षयन्त्र सफल नहुने चेतावनी दिए । ‘यस्तो अवस्थामा झन् देशभरका चिकित्सकहरु संगठित र एकवद्ध भएर संघलाई साथ दिन तयार हुनुहुन्छ,’ उनले भने, ‘डा. केसीको जीवन रक्षाका लागि हामी जस्तोसुकै कठोर कार्यक्रम ल्याउन पनि पछाडि हट्दैनौ, र कुनै तत्वसँग डराउँदैनौं’ ।

संघले त्यस्तो गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति संघले शुक्रबारदेखि रेजिडेन्ट चिकित्सकले गरेको सेवा छाड्ने निर्णयमा समर्थन गर्दै सोमबारदेखि देशभरका शाखा तथा स्वास्थ्यसंस्थामा रिले अनशन सुरु गरेको छ ।

त्यसैगरी पछिल्लो समय संघका कार्यक्रम विथोल्न सरकार समर्थक चिकित्सकहरुले सामाजिक सञ्जालमार्फत अफवाह फैलाइरहेको प्रतिसमेत संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यस्तो गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति संघले शुक्रबारदेखि रेजिडेन्ट चिकित्सकले गरेको सेवा छाड्ने निर्णयमा समर्थन गर्दै सोमबारदेखि देशभरका शाखा तथा स्वास्थ्यसंस्थामा रिले अनशन सुरु गरेको छ ।

संघले रिले अनशन विथोल्ने प्रयासप्रति समेत संघले निन्दा गरेको छ । ‘सत्याग्रहजस्तो पवित्र आन्दोलनमा सरिक डा. केसीको जीवन रक्षाका निम्ति ऐक्यवद्धता जाहेर गर्दै मर्यादित र अनुशासित रिले अनशनमा नगर्नसमेत संघले चेतावनी दिएको छ । संघले आह्वान गरेको कार्यक्रममा कुनै आग्रहपूर्वाग्रह नराखि मानवीय संवेदनशीलतालाई आत्मसाथगरी सम्पूर्ण आजीवन सदस्यहरुले सक्रिय सहभागिताका लागि समेत आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय