पूर्वयुवराज पारसलाई तेस्रोपटक हृदयाघात, नर्भिकमा उपचार हुँदै

पूर्वयुवराज पारस शाहलाई माइनर हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ । घरमै बसिरहेका वेला छातीमा दुखाइसहित असजिलो महसुस भएपछि शाहलाई सोमबार अपराह्न करिब साढे ४ बजे उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो ।

प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले शाहलाई माइनर हर्ट अट्याक भएको अनुमान गरी क्याथल्याबमा लगेर एन्जियोप्लास्टीको तयारी गरेका छन् । डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सक टोलीले कोरोनरी एन्जियोप्लास्टीका माध्यमबाट शाहको मुटुको भल्भ खोल्ने प्रयास गरिरहेको अस्पतालसम्बद्ध स्रोतले जनाएको छ । शाहको थप स्वास्थ्यअवस्था र उपचारबारे भने सबै परीक्षणको रिपोर्ट आएपछि मात्र यकिन हुने स्रोतको भनाइ छ ।

यसअघि पनि दुईपटकसम्म हृदयाघातको सामना गरिसकेका शाह सोमबार बिहानसम्म भने धार्मिक भ्रमणमा देखिएका थिए । तर, दिउँसो एक्कासि उनको छातीमा समस्या देखिएको थियो । थाइल्यान्डमा रहँदा कडाखाले हृदयाघातको सामना गरेका शाहले करिब–करिब पुनर्जन्म नै पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय