सम्भव छ सफल बुढ्यौली ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ १४ गते ९:४४

विज्ञानले क्षमतालाई लम्ब्याउने र बूढो हुनुका नकारात्मक असर घटाउनुलाई नै सफल बुढ्यौली मान्दछ । उमेर बढ्दै जाँदा मानिसको शारीरिक र मानसिक क्षमताहरू ह्रास हुँदै जान्छन्, यो प्राकृतिक हो र अवश्यम्भावी छ । तर, बुढ्यौलीसँगै आउने शारीरिक र मानसिक क्षमताको ह्रासलाई जतिसक्दो कम गर्नु नै सफल बुढ्यौली हो र मानिसको सफलता हो ।

मेडिकल साइन्सले आनुवंशिकता नै सफल बुढ्यौलीको प्रमुख कारक मानेको छ । यदि तपाईंका बाबु–आमा, हजुरबुबा–हजुरआमा, पूर्खाहरू लामो समय बाँचेका थिए अर्थात् स्वस्थ जीवन बाँचेका थिए भने तपाईं पनि त्यो आशा गर्न सक्नुहुन्छ ।

तर, यहाँ अन्य धेरै कारण पनि छन्, जसले वंशानुगतबाहेक पनि तपाईंको सफल बुढ्यौलीलाई प्रभावित गरिरहेका हुन्छन् । युनिभर्सिटी अफ रोचेस्टर मेडिकल सेन्टरका अनुसार स्वस्थ र आवश्यक मात्रामा मात्रै खाना खानु, खाना र व्यायामको सन्तुलन मिलाउनु, नियमित स्वाथ्यपरीक्षण गराउनु, अनावश्यक मानसिक तनावमा नफस्नु, रोग नलाग्ने उपायमा सचेत हुनुजस्ता कुराले तपाईं आफ्नो उमेरलाई कति सफल बनाउँदै हुनुहुन्छ अर्थात् बुढ्यौलीपन कति घटाउँदै हुनुहुन्छ भन्ने कुरामा महत्व राख्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय