प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघमा प्रा.डा. अधिकारी

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ १३ गते १७:५६

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशनले प्रा. डा. रामचन्द्र अधिकारीको नेतृत्व नयाँ नेतृत्व चयन गरेको छ ।
संघको उपाध्यक्षमा डा. अजय चौधरी, महासचिवमा डा. वंशदीप खरेल, सचिवमा डा. सुदर्शन पोख्रेल, कोषाध्यक्ष डा. ऐश्वर्या श्रेष्ठ तथा सदस्यहरूमा डा. जितेन्द्र श्रेष्ठ, डा. सुमन खनाल, डा. हेमन्त शाही, डा. ऋषि केशव भूसाल, डा. नविन झा, डा. लक्ष्मेश्वर मण्डल, डा. सबिना खड्का चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको सरकारले नै आयुर्वेदलाई राष्ट्रिय चिकित्सा पद्धतिको रूपमा स्विकार गरेको बताए । ‘कांग्रेसको सरकारले नै राष्ट्रिय आयुर्वेद नीति पारित गरेको थियो । नीति अनुसारको आयुर्वेद अध्ययन संस्थान बन्न लागेको छ ।’ उनले भने, ‘आयुर्वेद अध्ययन संस्थान, राजर्षि जनक विश्वविद्यालयमा आयुर्वेद शिक्षा लगायतका विषमा साथ दिन कांग्रेस तयार छ।’

कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. शंकर पौडेलले आयुर्वेद सेवाको विकासमा राज्यले यथेष्ट ध्यान नदिएको गुनासो गरे । उनले संघीय संरचनामा आयुर्वेदको अस्तित्वलाई खुम्च्याइएको आरोपसमेत लगाए । २०६९ मा स्थापित प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपाली काँग्रेसको शुभेच्छक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय