चिकित्साशिक्षा विधेयक राष्ट्रिय सभामा पेस गर्दा सम्झौताअनुरूप गर्न नागरिक अगुवाको अपिल

नागरिक अगुवाहरुले माथेमा कार्यदलको सुझाबविपरीत प्रतिनिधिसभाबाट पारित विधेयकलाई राष्ट्रिय सभा पेस गर्दा डा. केसीसँगका सम्झौताअनुसारका बुँदा थप गर्न अपिल गरेका छन् । पूर्वप्रधानन्यायधीश सुशीला कार्की र त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमासहितका अगुवाले आइतबार यस्तो गरेका हुन् ।

राष्ट्रिय सभामा विधेयक पेस गर्दा डा. केसीसँग राज्यले गरेको उल्लिखित सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने सबै पक्षसँग  अपिल  छ। उनीहरुले नागरिक अभियन्ता डा. गोविन्द केसी सत्याग्रहमा रहेकै बेला प्रतिनिधिसभाको बैठकबाट चिकित्साशिक्षा विधेयक पारित भएको तथा त्यसक्रममा यसअघि नेपाल सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो कदमले राज्यको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै अगुवाहरुले डा. केसीसँगको सम्झौताअनुसार ऐन जारी गरिँदा चिकित्साशिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा यसअघि जारी भएका अध्यादेशअनुरुप गर्न आग्रह गरेका छन् । यसो गर्दा मेडिकल शिक्षाका नियामक निकायहरु तथा अब मेडिकल कलेज खोल्न प्रयासरत पक्षहरुसमेत सबैको हित हुने भनाइ अगुवाहरुको छ ।

अपिलकर्ताहरु

केदारभक्त माथेमा
सुशीला कार्की
महावीर पुन
अभि सुवेदी
भोजराज पोखरेल
स्वर्णिम वाग्ले
विजय लामा
कृष्ण धरावासी
जयराज आचार्य
दुर्गा सुवेदी
कपिल श्रेष्ठ
मनप्रसाद वाग्ले
भैरव रिसाल
डा. रामेश कोइराला
वीरेन्द्रकुमार मिश्र
रवीन्द्रसिंह बानियाँ
यादव खरेल
गोविन्दराज पोखरेल
प्रत्युष वन्त
शेखर खरेल
रामकुमार भण्डारी
फणिन्द्र लुइँटेल
दिनेश प्रसाईं
सावित्री श्रेष्ठ
गीता रसाइली
देवी सुनुवार
गोपाल साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय