माइतीघरमा नारा– विज्ञको प्रतिवेदन लत्याउने, माफियाको भाषा पत्याउने

विद्यार्थी र जनतामुखी व्यवस्थासहितको चिकित्साशिक्षा ऐन पारित गर्नुपर्ने प्रमुख मागसहित जारी सत्याग्रहलाई वेवास्ता गर्दै सरकारले संसदबाट शुक्रबार चिकित्सा शिक्षा ऐन पारित गराएको प्रति डा. केसीका समर्थक तथा सर्वसाधारणले तीव्र आक्रोश जनाएका छन् ।  ‘माफियामुखी ऐन’ ल्याएको भन्दै डा. केसी सोलिडारिटी अलायान्सले आह्वानमा माइतीघरमा भेला भएका समर्थनक एवं सर्वसाधारणले नारामार्फत् विधेयकका व्यवस्थाप्रति आक्रोश जनाएका छन् ।

१२ बजे माइतीघरमा भेला भएका समर्थकहरुले प्रतिपक्षीको विरोधका बाबजुद् बलपूर्वक विधेयक पारित गर्नुको पछाडि मेडिकल माफियाको खेल भएको आरोप लगाए । उनीहरुले दुईतिहाईको दम्भले, मार्सी चामलको गन्धले, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, चरेशको थालमा मार्सीको भात, कहाँ गयो तिम्रो समाजवादजस्ता नारा लगाएका थिए भने, नारा लेखिएका कागजका टोपीसमेत लगाएका थिए ।

त्यसैगरी माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको -यालीमा विज्ञको प्रतिवेदन लत्याउने, माफियाको भाषा पत्याउने, नेकपाका सांसद माफियासँग गद्गद्लगायतका नारा लगाएका थिए । नारा र मन्तव्यमा पछिल्लो समय पारित विधेयकले फाइदा पुगेका सीमित कलेजका संचालकसँग नेकपाका नेताको सम्बन्धनलाई लिएर सहभागीले बढी आलोचना गरेका थिए ।

सिमसिमे पानीकै बीचमा -याली माइतीघरबाट वानेश्वर पुगेपछि कोण सभामा परिणत भएको थियो । डा. केसीलाई बचाऔं, नेपाललाई बचाऔं भन्ने नारा लेखिएको मुल व्यानरसहित अगाडि बढेको -यालीमा चिकित्सक, मानवअधिकारकर्मी, विद्यार्थी एवं नागरिकको सहभागीता थियो ।

उनीहरुले माफियामुखी चिकित्सा ऐन चाहिँदैन, नाममा साम्यवाद स्वास्थ्यमा व्यापार, कान खोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन, नेकपाका सांसदको घडिमा माफियाको ब्याट्रीलगायतका नारा लगाएका थिए ।

सिमसिमे पानीकै बीचमा -याली माइतीघरबाट वानेश्वर पुगेपछि कोण सभामा परिणत भएको थियो । डा. केसीलाई बचाऔं, नेपाललाई बचाऔं भन्ने नारा लेखिएको मुल व्यानरसहित अगाडि बढेको -यालीमा चिकित्सक, मानवअधिकारकर्मी, विद्यार्थी एवं नागरिकको सहभागीता थियो ।

कोणसभालाई संवोधन गर्दै अभियान्ता डा. जीवन क्षेत्रीले एउटा सत्याग्रहीसँगको सम्झौतालाई लत्याएर सरकारले माफियामुखी ऐन ल्याएको आरोप लगाए ।उनले १५औं अनशनको पूर्वसन्ध्यामा सरकारले माथेमा कार्यदलको प्रतिवेदनको गुदी फालेर ब्रोकोमात्रै रहेको विधेयक ल्याएको स्मरणगर्दै पछिल्लो समय केही दफा राखेर सीमित कलेजलाई फाइदा पुग्नेगरी विधेयक ल्याएको बताए ।

नागरिक महिला अभियान्ता रेसु अर्याल, संसदको बहुमतको निहुँ देखाएर माफियामुखी ऐन पारित गरेको भन्दै सरकार सर्वसत्तावादी दिशामा अगाडि बढेको बताइन् । सरकार बहुमत प्राप्त भएपनि नैतिकहरुमा पुरै गिरिसकेको भनाई अर्यालको थियो । ‘सरकारको प्रधानमन्त्री केही गर्न सक्दिन भनेजस्तो निरीह भएर प्रस्तुत हुन्छ, उनको नैतिकता कहाँ गयो ?’ उनले भनिन्, ‘यस्तो सरकारलाई म मान्दिन्’ ।

मानवअधिकारवादी नेता एवं प्राध्यापक कपिल श्रेष्ठले शुक्रबार सांसदको दृश्यले पञ्चायतको झल्को दिएको बताए । ‘पञ्चायत कालमा एक जना अमुक पञ्च नेताले आदेश दिन्थे, अरु होमा हो मिलउथे’ श्रेष्ठले भने, ‘नेकपाका सांसदहरुले पनि स्यालहुइयाँ गरेर विधेयक पारित गरे’ ।
उनले प्रधानमन्त्री लोकतन्त्रका लागि लडेको मान्छे भएपनि पछिल्ला अभिव्यक्ति हुँदा दुईजिब्रे बोली र व्यवहार पनि त्यस्तै देखाएको आरोप लगाए । ‘प्रधानमन्त्रीको बोली र ब्यवहारले राष्ट्रलाई नै क्षति पुगेको छ, लोकतन्त्र र प्रधानमन्त्री पदको गरिमा घटेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय