रातभर वर्षा हुने, शनिबारदेखि घाम लाग्ने

शुक्रबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावबाट देशका अधिकांश स्थानमा बदली र मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रमा बढी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका केही ठाउँमा पनि वर्षा भइरहेको छ । नगरकोटीका अनुसार रातभर वर्षाको क्रम जारी रहनेछ भने भोलि बिहान ९ बजेपछि बल्ल मौसममा सुधार आउन सुरु हुनेछ । ‘भोलि दिउँसोबाट बल्ल घाम लाग्छ,’ नगरकोटीले भनिन्, ‘रातभर हल्का वर्षा जारी रहन्छ ।’

पानी परे पनि यस वर्ष योभन्दा बढी चिसो बढ्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ । शुक्रबार बिहान ८ बजे न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको थियो । अधिकतम तापक्रम भने १७ डिग्रीको हाराहारीमा थियो । उपत्यकामा यस वर्ष सबैभन्दा कम ० डिग्रीसम्म ताफक्रम झरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय