डा. केसीको समर्थनमा संसद् भवनबाहिर प्रदर्शन, ३३ पक्राउ, इन्जिनियरको पनि प्रदर्शन

१५औँ अनशनको सम्झौताअनुसार चिकित्साशिक्षा ऐन पारित गर्नुपर्ने मागसहित बानेश्वरस्थित प्रतिनिधि सभा भवनअघि धर्नामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।डा. केसी अनशनकै बीचमा संसद्ले चिकित्साशिक्षा ऐन पारित गर्ने तयारी गरिरहेको विरोधमा प्रदर्शनमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेर महेन्द्रपुलिस क्लब पु¥याएका हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईँले जानकारी दिए ।त्यसैगरी १ नम्बर गेटबाट थ्रीबदर्श नामक स्वतन्त्र समूहका १५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले नेकपाको सत्त चिकित्साशिक्षा ऐन वेपत्ता, डा. केसीको अनशन माफियालाई टेन्सन, १५औँ अनशनको सम्झौताअनुरुप विधेयक पारित गरलगायतका नारा लगाएका थिए । उनीहरुले १५औँ अनशनको सम्झौता नपढेको भए मैनबत्ति बालेर पढ्न भन्दै सम्झौताको प्रति र मैनबत्ति लिएर सांसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेको हो ।
सो क्रममा विवेकशील नेपाली दलका संयोजक उज्जल थापासहित शशीविक्रम कार्की, अजिता राई, दिनेश प्रसाई, अम्बिका कार्की सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डेलगायत गिरफ्तार भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय