चिकित्सक संघले बोलायो आकस्मिक भेला, खुट्टा नकमाउन आग्रह

डा. गोविन्द केसी अनशनको विषयलाई लिएर ठोस निर्णयमा पुग्न नेपाल चिकित्सक संघले आकस्मिक बृहत बैठक बोलाएको छ । यसअघि अन्य आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । अनशनको १६ औं दिन भइसक्दा पनि र स्वास्थ्यसमेत जोखिमपूर्ण बन्दै जाँदा सरकार झन् झन् कठोर बनेपछि संघले वृहत बैठक बोलाएको हो । यद्यपी संघका महत्वपूर्ण पदाधिकारीहरु सरकारसँग डराएर आन्दोलनमा जान हिचकिच्याइरहेको र बाहना गरिरहेको आरोप चिकित्सकहरुको छ । आजको भेलामा उपत्यकाका ठूला अस्पतालका निर्देशकहरु संघका पूर्व अध्यक्ष र वरिष्ठ चिकित्सकहरुलाई समेत बोलाइएको संघले जनाएको छ । संघलाई खुट्टा नकमाउन आवासीय चिकित्सकहरुले आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय