स्वास्थ्यसचिव घिमिरेले भने– मेरो कार्यालय समय काम नसकुन्जेल

सरकारले हालै स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका प्रशासन सेवाका सचिव चन्द्र घिमिरेले आफ्नो कार्यालय समय १०–५ को तोकिएको समयसीमाले नभई कामले निर्धारण गर्ने भन्दै त्यसमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

बुधबार पदबाहालीलगतै मन्त्रालयका उच्च अधिकारीलाई संवोधन गर्दै घिमिरेले टेवलमा फाइल छाडेर घर नजाने आफ्नो वानी रहेको भन्दै स्वास्थ्यमा पनि त्यही वानीलाई निरन्तरा दिने बताए । ‘मेरो एउटा वानी छ, म टेवलमा फाइल हुँदासम्म घर जान्न, ८÷९ जति पनि बझ्नसक्छ,’ उनले भने, ‘हुनत तपाईहरुपनि यसरी नै काम गर्नुहोला, गर्नुहुन्न भने अप्ठेरो नमान्नुहोला’ ।

उनले लामो प्रशासनीक जिम्मेवारीमा रहँदा आफूले बढी समय बाणिज्यकाको विद्यार्थीको रुपमा परिचित गराउँने गरेको भन्दै अब स्वास्थ्यको सूरुवाती विद्यार्थीको रुपमा काम गर्ने बताए । ‘केही समय मलाई सिक्न लाग्ला, केही दिन संक्रमण समय रहँला त्यसपछि नजिता दिनेगरी काम सुरु गर्छु’ उनले भने ।

‘म प्रतिस्पर्धा, इन्ट्रीग्रिटीमा विश्वास गर्छु र हाइपरलेवल मेटिभेसन भएको मान्छे हुँ,’ उनले भने, ‘यी कुरामा सम्झौता गरेर काम गर्दिन र गर्न खोजे भने मलाई रोक्न सघाउँनुस्’ ।

आफू जहाँ गएपनि तोकिएको मूल्यमान्यतामा विश्वास गरेर काम गर्ने गरेको भन्दै उनले त्यसबाट दायाँबायाँ हुन लागे आफूलाई सम्झाउन र सहयोग गर्नसमेत मन्त्रालयका अधिकारीलाई आग्रह गरे ।  ‘म प्रतिस्पर्धा, इन्ट्रीग्रिटीमा विश्वास गर्छु र हाइपरलेवल मेटिभेसन भएको मान्छे हुँ,’ उनले भने, ‘यी कुरामा सम्झौता गरेर काम गर्दिन र गर्न खोजे भने मलाई रोक्न सघाउँनुस्’ ।

चार महिना लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा रहेको सचिव विवादको पछिल्लो कडीको रुपमा सरकराले घिमिरेलाई पठाएको छ । यसअघि सरकारले डा. पुष्पा चौधरीलाई सरुवा गरेर प्रशासनका केदार अधिकारीलाई लगेको थियो । तर स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अधिकारीलाई जनसंख्या र स्वास्थ्य प्रशासनमा सीमित गरिदिएपछि अधिकारी फर्केका थिए र सरकारले घिमिरेलाई पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय