डा. केसीको सांसदलाई आग्रह– समितिले हटाएको जनता र विद्यार्थीमुखी व्यवस्था थपेर मात्रै ऐन पास गरिदिनुस् (भिडियोसहित)

१४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले मंगलबार संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भइरहेको सुनेको भन्दै विद्यार्थीमुखी ऐन पास गर्न सांसदसँग आग्रह गरेका छन् ।

१ मिनेट ४ सेकेण्ड लामो भिडियो सन्देशमा डा. केसीले सुरुमै सांसदलाई संवोधन गरेर सम्झौतअनुसारका जनतामुखी र विद्यार्थीमुखी व्यवस्थालाई थपेर मात्रै ऐन पास गर्न आग्रह गरेका हुन् । ‘माननीयज्यूहरुले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउनलाई सहयोग गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु’ अडियो सन्देशमा भनेका छन् ।

मंगलबार विहानमात्रै अघिल्ला अनशन बस्नेगरेको गणेशमान सिंह इएनटी भवनमा सारिएका डा. केसीले यस्तो सन्देश रेकर्ड गराएका हुन् ।

डा. केसीले सुरुमा चिकित्सा शिक्षा विधेयक आज पास गने सूचीमा राखिएको जानकारी आफूले पाएको भन्दै जनतामुखी र विद्यार्थीमुखी प्राब्धान हटाएर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गनेको भन्दै आफूसँगको सम्झौताअनुसार विधेयक पारित गर्न आग्रह गरेका हुन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतका आधारमा पुस २५ मा चिकित्सा शिक्षा विधेयक १५ अनशनको सहमतिविपरीत पारित गरेपछि डा. केसी सोही दिनदेखि १६औँ अनशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय