‘मैनबत्ती बालेर सरकारको नैतिकता खोजिने’

डा. गोविन्द केसीसँग गरेको सम्झौताबाट पछाडि हडेर सरकारले नैतिकता र विश्वसनीयता गुमाएको भन्दै डा.गोविन्द केसी सोलिडारिटी अलायन्सले मैनबत्ती बालेर सरकारको नैतिकता खोज्ने कार्यक्रम घोषणा गरेको छ । सांकेतिक विरोध प्रदर्शनमा सहभागी हुन मैनबत्तीसहित उपस्थित हुने अलायन्सले डा. केसीका समर्थनक एवम् आमनागरिकसँग आग्रह गरेको छ ।

‘निजी मेडिकल कलेजलाई पक्षपोषण गर्ने गरी विधेयक ल्याउन खोज्ने सरकारको नैतिकता र समाजवाद अँध्यारोमा बत्ती बालेर खोज्नुपर्ने भएको छ,’ सुवेदीले व्यंग्यात्मक शैलीमा भने, ‘मैनबत्ती बालेर खोज्छौँ, भेटिन्छ कि !’

‘मैनबत्ती बाल्दै खोजी समाजवादको, खोजी नैतिकताको’ नाराका साथ सोमबार (आज) साँझ ६ बजे नयाँबानेश्वर एभरेस्ट होटेलअगाडि मैनबत्ती बालेर सांकेतिक विरोध कार्यक्रम गर्न लागिएको अलायन्सका अभियन्ता प्रितम सुवेदीले जानकारी दिए ।

‘निजी मेडिकल कलेजलाई पक्षपोषण गर्ने गरी विधेयक ल्याउन खोज्ने सरकारको नैतिकता र समाजवाद अँध्यारोमा बत्ती बालेर खोज्नुपर्ने भएको छ,’ सुवेदीले व्यंग्यात्मक शैलीमा भने, ‘मैनबत्ती बालेर खोज्छौँ, भेटिन्छ कि !’

चिकित्साशिक्षा विधेयकलाई १५औँ अनशनको सम्झौताअनुसार पारित गर्नुपर्ने प्रमुख मागसहित डा. गोविन्द केसी १३ दिनदेखि आमरण अनशनमा छन् । सरकारी वार्ता टोलीले गरेको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी ओलीले नै गरेका थिए । तर, पछिल्लोपटक उनले संसद्मा सम्बोधन गर्दै ‘सम्झौता सम्झौता मात्रै भएको र तत्कालीन परिस्थितिको उपज’ भएको भन्दै सम्झौताविपरीत विधेयक पारित गर्ने संकेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय