बल्ल बोल्यो एनआरडिए – ‘डा. केसीको माग पूरा नभएर कडा कदम’

आवासिय चिकित्सकहरुको संस्था नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन (एनआरडिए)ले आमरण अनशनरत डा. गोविन्द केसीको माग पूरागरि अनशन तोडाउने ठोस पहल नभए कडा आन्दोलनसहित अगाडि आउने चेतावनी दिएको छ ।
एशोसिएसनले डा. केसीको अनशनका मागप्रति ऐक्यवद्धता जनाउदै विगतको सहमतिअनुरुप चिकित्सा शिक्षा ऐन पारित गर्न र डा. जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकासँग माग गरेको छ ।

१२औ दिन विहानै अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनद्धारा संयूक्त रुपमा हस्तक्षरितगरी जारी विज्ञप्तिमा सरकारको निर्मम लापरवाह कदमको विरोध स्वरुप कालोपट्टी बाँधेर खटिने उल्लेख छ । त्यसैगरी उनीहरुले त्रिवि शिक्षण अस्पताल परिसमा डा.केसीको समर्थनमा प्रदर्शन गर्ने घोषणासमेत गरेका छन् ।

एनआरडिएले स्वास्थ्य सेवा सीमित मात्रको पहुँचबाट आम नेपालीको पहुँचमा पुगोस भन्ने निस्वार्थ र पवित्र मनसाय राखेर डा. केसी कयौंपटक अनशन बसेको र सरकारले लिखित प्रतिवद्धतासमेत गरेको उल्लेख छ । ‘प्रतिवद्धता भएर पनि कुनै पनि ठोस कार्य नभएको अवस्थामा फेरि पनि सरकारले सीमित मानिसको स्वर्थ पूरा हुने हेतुले विज्ञले दिएको सुझाब विपरीत नयाँ विधेयक ल्याउन खोजेको’ एनआरडिएको ठहर छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय