माइतीघरको नारा-गोविन्द केसीलाई कष्ट, माफियालाई अनिष्ट

अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघरमा बृहत प्रदर्शन गरिएको छ । डा. केसी सोलिडारिटी अलायन्सको आह्वनमा १२ बजे माइतीघरमा भेला भएका समर्थक एव. नागरिक अगुवाले वानेश्वरसम्म र्यालीसहित बानेश्वर पुगेर कोणसभा गरेका थिए ।

सहभागीले विभिन्न नारा प्रिन्ट गरिएको टोपीसमेत लगाएका थिए । सहभागीले माफियामुखी चिकित्सा ऐन चाहिँदैन नाममा साम्यावादी स्वास्थ्य व्यापार, चारैतिर प्रष्ट, दुईतिहाई सरकार भ्रष्ट, माफियाको मिसन सिटामोलमा कमिसन, जिकेसीको अनशन माफियालाई टेन्सन, जिकेसीलाई कष्ठ माफिायालाई अनिष्ट, कानखोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भोजनले सामाज आउँदैन्, नेकपाका सासंदको घडिमा माफियाको ब्याट्री, सधै सधै झुक्याउँने कहिँलेसम्म लाज पचाउने ?, माफियाको ताँती ओली सरकारका साथी , ओली सरकारको मन्त्र, नागरिकलाई झुठतन्त्र, १५चोटी सम्झौता, १५ चोटी धोका, डा. केसी तलमाथि भए, सरकारलाई कलंकको टीकालगायतका नारा लगाएका थिए ।

कोणसभालाई संवोधन गर्दै अधिवक्ता डा.सुरेन्द्र भण्डारीले दुईतिहाई सरकारले माफियालाई संरक्षण गर्नेगरी नयाँ ऐन ल्याउन लागेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले १५औं अनशन टुंग्याउने समयमा र पछि समेत सम्झौताअनुसार नै ऐन ल्याउने बचन दिएपछि धोका दिएपछि १६औं अनशनको अवस्था आएको बताए । ‘सरकार र सत्तापक्षहरु ९५ प्रतिशत माग पूरा भयो भन्दैछन्,’ उनले भने, ‘यो मुटु निकालेपछि ९५ प्रतिशत अंग ठिक छ भनेजस्तै हो’

डा. केसीका सहयोगी डा. अभिशेकराज सिंहले सरकार अनशनको अवस्था निम्त्याएर अनशन दमन गर्न अमुक पात्र खडा गरेर हिडिँरहेको आरोप लगाए । उनले डा. केसीविरुद्ध अनशनकारी भन्दै एउटा डमी खडा गरेर संरक्षण गर्र्दै हिडेको बताए । उनले डा. केसीको स्वास्थ्य गम्भीर भएपछि काठमाडौं ल्याउने क्रममा भद्रपुरमा ती डमी अनशनकारीलाईसमेत एउटै हेलिकप्टरमा पठाउँन खोजेको सुनाए । ‘सरकार नै झडपको अवस्था निम्त्याउँन खोजिरहेको छ, हैन भने डमी अनशनकारीलाई पनि किन जता केसी गयो उतै सरकारले बोकेर हिँडिरहेको छ? ’ उनले भने ।

सिंहले ३० वर्षदेखि झलनाथ र सुवास नेम्वांङ इलामबाट चुनाव जितिरहेको तर इलाममा अस्पतालमा एउटा अक्सिजनसमेत नहुँदा डा. केसीलाई रातारात काठमाडौं ल्याउन परेको घटना सुनाए । ‘झलनाथ खनाल उपचारका लागि चाइना जानुहुन्छ, तर, इलाममा मोडिकल कलेज खोल भनेर डा.केसी अनशन बस्दा पनि माग पूरा गर्नुहुन्न । ’ सिंहले भने ।

अधिवक्ता दिनेश त्रिपाठीले डा. केसीसँग सम्झौता गरेर धोका दिएर सरकार माफियाको संरक्षणमा लागेको बताए । उनले अहिलेको अवस्थमा आउने विधेयकलाई संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै माफियामुसी ऐन कस्को इशारामा ल्याउन लागेको भन्दै प्रश्न गरेका थिए ।
अलायन्सले डा. केसीको जीवन रक्षामा सम्झौतअनुसारको ऐनका लागि दबाब दिन दैनिक प्रदर्शन गर्ने घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय