डा. केसीको जीवनरक्षाका लागि शनिबार माइतीघरमा प्रदर्शन हुने, लुटतन्त्रलाई निर्णायक चुनौती दिन आह्वान

अनशनरत डा. गोविन्द केसीको ज्यानै जोखिममा पर्दासमेत सरकारले माग पूरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै सोलिडारिटी फर गोविन्द केसी अलायन्सले देशव्यापी दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

अलायन्सले डा. केसीको जीवन जोखिममा पर्दासमेत सरकार आफैँले गरेको पछिल्लो सम्झौताप्रति इमानदार नदेखिएको भन्दै जीवनरक्षाका लागि शान्तिपूर्ण दबाब बढाउन आमनागरिकसँग आह्वान गरिएको संयोजक डा. जीवन क्षेत्रीले बताए ।

अलायन्सले शनिबार १२ बजे माइतीघरमा भेला भएर जनप्रतिनिधिमूलक संस्था संसद् भवन रहेको नयाँबानेश्वरसम्म र्याली र बानेश्वरमा कोणसभाको कार्यक्रम घोषणा गरेको छ । अलायन्सले सबै प्रदेशका मुख्य सहरका मुख्य चोकमा भेला भएर डा. केसीको जीवनरक्षाका लागि दबाब दिन आमनागरिकलाई आह्वानसमेत गरेको छ । नागरिक आह्वानका लागि ‘हामी हजारौँ डा. केसी मिलेर लुटतन्त्रलाई निर्णायक चुनौती दिऔँ’ भन्ने नारा तय गरिएको छ ।

२५ पुसदेखि अनशनरत डा. केसीको समर्थनमा अघिल्लो शनिबारसमेत माइतीघरमा प्रदर्शन भएको थियो । बुधबार र बिहीबार पनि बानेश्वरमा धर्ना दिएको अलायन्सले अन्य दबाबका कार्यक्रम बढाउँदै लाने निर्णय गरेको छ ।

सेतो रक्तकोष र रगतमा चिनीको मात्रा अत्यन्तै कम

शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएका डा. गोविन्द केसीको शरीरमा सेता रक्तकोष र चिनीको मात्रा निकै घटेको चिकित्सकहरुले बताएका छन् ।
त्यसैगरी फोस्पोरसको मात्रा पनि न्यून भएको र केही दिनदेखि निमोनियाका लागि चलाइएको एन्टिवायोटिक्सले संक्रमण थप फैलिन रोकेको चिकित्सकहरुको भनाई छ ।
उपचारमा संलग्न डा. प्रमेश श्रेष्ठका अनुसार मुटुको चालमा समय समयमा गडबडी देखिने गरेकाे छ । डा. केसीले मुखबाट औषधि लिन नमानेका कारण मुटुकाे चाल सन्तुिलत राख्ने औषधि सुरु गर्न सकिएको छैन् । एन्टिवायोटिक्स भने नसाबाट दिइएकाे छ ।

यसैबीच अस्पतालले शुक्रबार नै डा. सुवास आचार्यको संयोजकत्वमा उपचार कमिटी गठन गरेको छ । कमिटीका तर्फबाट जारी विज्ञाप्तिमा डा. केसीलाई छाति दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको उल्लेख छ । डा. श्रेष्ठका अनुसार रक्तचाप र शरीरमा अक्सिजन सन्तुलिन राख्न पनि चुनौतीपूर्ण भइरहेको छ ।

One thought on “डा. केसीको जीवनरक्षाका लागि शनिबार माइतीघरमा प्रदर्शन हुने, लुटतन्त्रलाई निर्णायक चुनौती दिन आह्वान

  1. लोकतन्त्र मासेर व्यक्तितन्त्र (डाकेशीतन्त्र) कस्कसलाई चाहियो ? नेकासंग सॉठगॉठ गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय