पाटन अस्पताल जिल्ला अस्पताल होइन, रेफरल सेन्टर हो

डा. विष्णुप्रसाद शर्मा
प्रकाशित
२०७५ माघ ४ गते १०:१२

अस्पतालका पछिल्ला गतिविधि के–कस्ता छन् ?
जसरी पहिले अस्पतालमा आउने बिरामीलाई सेवा दिने गरिन्थ्यो, त्यसरी नै अझै प्रभावकारी सेवा दिनतर्फ अस्पताललागिपरि नै रहेको छ । अस्पतालमा इमर्जेन्सी सेवा २४सै घण्टा खुला रहन्छ,जुन पहिलेदेखि नै दिँदै आएको सेवा हो । हाल अस्पतालमा ६ सयभन्दा बढी बेडसंख्या भएपनि सञ्चालनमा भने करिब ५ सय ५० जति मात्र छन् । कतिपय बेड मर्मत गर्नुपर्ने तथा जनशक्तिसमेत थप्नुपर्ने भएकाले सबै बेडलाई सञ्चालनमा ल्याउन नसकिएको हो । अस्पतालमा जनशक्ति बढाउनासाथ दैनिक खर्चसमेत बढ्न जाने भएकाले पनि सबै कुरालाई सन्तुलनमा राखेर अस्पतालले पछिल्ला गतिविधि सञ्चालन गर्दै आएको छ ।

अस्पतालभित्रकाविभागको अवस्था कस्तो छ?
अस्पतालमा विभिन्न विभाग छन् ।आकस्मिक,मेडिसिन, सर्जरी,स्त्रीरोग,बालरोग,दन्तरोग, आँखा, नाक–कान–घाँटी,छालालगायत विभागहरू सञ्चालनमा छन् । पाटन अस्पतालमा विशेषरूपमा रहेको विभागमा जेड्याटिग विभाग छ । यो विभाग ज्येष्ठ नागरिकको उपचारसँग सम्बन्धित छ । नेपालमै पहिलोपटक पाटन अस्पतालले यो विभाग सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले हाल भने उपत्यकाका विभिन्न सरकारी अस्पतालमा यस्तो विभागको सञ्चालन गर्ने अभिप्रायले कतिपय अस्पतालमा यस्तो विभाग सञ्चालनमा ल्याएको छ । यसका लागिसरकारले १० बेड छुट्याएको छ ।बेडसंख्याभन्दा पनि उक्त विभागअन्तर्गत उपचारका लागि आउने बिरामीलाई उनीहरूको रोगको प्रकृति तथा आवश्यकता हेरेर अन्य विभागमा पनि राख्ने गरिन्छ ।

पाटन अस्पताल जिल्ला अस्पतालका रूपमै सीमित रह्यो भन्ने एकखाले मानिसको आरोप पनि छ नि ?
पाटन अस्पताल जिल्ला अस्पताल होइन । यो त ट्रसरी केयर सेन्टर अर्थात् रेफरल सेन्टर हो। जतिवेला पाटन अस्पतालको स्थापना भयो,त्यतिवेला हालको पाटन अस्पताल शान्ताभवनका रूपमा चिनिएको थियो । हाल रहेको मानसिक अस्पताल पाटनमा जिल्ला अस्पताल थियो । शान्ताभवनबाट मिसनले चलाएको समयमा त्यो अस्पताललाई पाटन जिल्ला अस्पतालसँग गाभेर पाटन अस्पताल बनाइएको हो । यसरी शान्ताभवन र पाटन जिल्ला अस्पताललाई गाभेर पाटन जिल्ला अस्पताल बनेको हो । जिल्ला अस्पतालसँग गाभिएकाले जिल्ला अस्पतालले दिने सेवा पनि पाटन अस्पतालले दिनुपर्छ भन्ने मात्रै हो । तर, पाटन जिल्ला अस्पताल मात्र भने होइन ।हामीले जिल्ला अस्पतालले दिनेभन्दा बढी नै सेवा पुर्याएको भएपनि आममानिसको धारणा भने जिल्ला अस्पताल पाटनमा छ भन्ने छ ।

पाटन अस्पताल जिल्ला अस्पतालबाट छुटिसकेको मन्त्रिपरिषद्ले पनि निर्णय गरिसकेको छ । यसमा भएका जनशक्ति छुट्टिएर ललितपुरको चापागाउँमा हेल्थपोस्टको ठाउँमा पाटन जिल्ला अस्पताल रहेको छ ।पाटन अस्पतालभने पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित छ ।

नेपाल सरकारले दिएको बजेट भवन निर्माण तथा उपकरण खरिदमै खर्च हुने भएकाले त्यसलाई नगण्य रूपमा लिन सकिन्छ । हामी आफैँमा निर्भर भई बिरामीलाई सेवा दिनुपर्ने भएकाले तथा सम्पूर्ण कर्मचारी खर्च पनि उठाउनुपर्ने भएकाले हामीले शुल्क त लिनु नै पर्ने हुन्छ । तर, अन्य निजी अस्पतालको तुलनामा भने हामीकहाँ शुल्क कम छ ।

अस्पतालमा सेवाविस्तारको अवस्था के छ ?
विगतका दिनमा १ सय ३५ बेडबाट सञ्चालनमा आएको अस्पताल हाल ६ सय बेडमा सञ्चालनमा हुनु भनेको पनि त एक प्रकारको विस्तार नै हो ।
हिजोकादिनमाअस्पतालका रूपमा मात्रै रहनु,अहिले प्रतिष्ठानका रूपमा स्थापित हुनु र हाल अन्तबाट रेफर भएर आउने बिरामीको संख्या बढ्नुपनि विस्तार नै हो । विस्तार र विकास भन्ने कुरा कहिल्यै रोकिँदैन ।
विगतमा १ सय ३५ बेड हुँदा पनि अस्पताल ५२ रोपनी जग्गामै सञ्चालनमा थियो भने हाल प्रतिष्ठानका रूपमा विस्तार हुँदा पनि ५२ रोपनीमै सीमित । त्यो अस्पतालका लागि दुर्भाग्यपूर्ण कुरा हो । यसमा सरकारको पनि ध्यानाकर्षण हुनु आवश्यक छ । अहिले भने हामीले भवनका कोठाहरू बढाएका छौँ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप कस्तो छ ?
हामीले पछिल्लो समय बिरामीको मन जित्न सफल भएका छौँ । यसको कारण उपचारमा हामीले प्रदान गरेको गुणस्तरीयता नै हो ।
ललितपुर जिल्लाभित्र सुविधासम्पन्न विभिन्न अस्पतालहरूस्थापना भएपनि पाटन अस्पतालमा बिरामीको चाप बढ्दो अवस्थामै छ ।बिरामी परीक्षणका लागि भ्याइ–नभ्याइछ ।
चिसो मौसममा पनि ओपिडीमा १२ सयदेखि १८ सयको संख्यामा बिरामी आउने गरेका छन् ।यति सीमित क्षेत्रमा भएको अस्पतालका लागि यो चाप धेरै नै हो ।अस्पतालका कर्मचारीको मिहिनेतका कारण पनि अस्पतालले त्यो जस पाउन सफल भएको छ ।

उपचार शुल्ककाहिसाबलेअस्पताल कस्तो छ ?
अस्पतालले दिने सेवा–सुविधाका आधारमा कुरा गर्ने हो भने पाटन अस्पतालको शुल्क खासै महँगो छैन । नेपाल सरकारले अस्पताललाई अपरेटिभ शुल्क भनी अतिरिक्त शुल्क दिएको छैन । त्यसैले सेवालाई निःशुल्क भने बनाउन सकेका छैनौँ ।
नेपाल सरकारले दिएको बजेट भवन निर्माण तथा उपकरण खरिदमै खर्च हुने भएकाले त्यसलाई नगण्य रूपमा लिन सकिन्छ । हामी आफैँमा निर्भर भई बिरामीलाई सेवा दिनुपर्ने भएकाले तथा सम्पूर्ण कर्मचारी खर्च पनि उठाउनुपर्ने भएकाले हामीले शुल्क त लिनु नै पर्ने हुन्छ । तर, अन्य निजी अस्पतालको तुलनामा भने हामीकहाँ शुल्क कम छ ।
ओपिडीमा स्वास्थ्यपरीक्षण गराउन आउनेका लागि ७५ रूपैयाँटिकटशुल्क लाग्छ । यसबाट उसले एमबिबिएस डाक्टरको सेवा पाउँछ ।
अस्पतालले विपन्न बिरामीका लागि१ करोड रकम विनियोजन गरेको छ,हामीले अस्पतालले कमाएको शुल्कबाट नै छुट्याएका हौँ । विपन्न बिरामीका लागि हामीले विशेष छुटको समेत व्यवस्था गरेका छौँ ।

अस्पतालमाडाक्टर तथा नर्सको दरबन्दीको अवस्था के छ ?
अस्पतालमाडाक्टर तथा नर्सको दरबन्दी आवश्यकताअनुसार नै छ ।डाक्टर र बिरामीको अनुपात तथा नर्सर बिरामीको अनुपात सन्तुलनमा राखिएको छ । हामीले डाक्टर तथा नर्सको अभावमा स्वास्थ्योपचारको गुणस्तरमा सम्झौता गरेका छैनौँ ।
सबै क्षेत्रका गरी अस्पतालमा करिब १ हजार १ सयभन्दा बढी जनशक्ति छ । त्यसमा डाक्टरको संख्या करिब ३ सय,नर्सको संख्या ४ सय ५० र अन्य सम्पूर्ण स्टाफको संख्या ४ सय १८ छ । भएकै जनशक्ति र सेवाप्रवाहबीच सन्तुलन मिलाएर हामीले सेवाप्रदान गरेका छौँ । जनशक्ति बढी भएमा पनि काम नपाएर बस्नुपर्ने अवस्था हुन्छ । जनशक्ति कम हुँदाहुँदै उपचार दिनुपर्ने अवस्था आयो भने उपचारको गुणस्तरमा सम्झौता गर्नुपर्ने हुन्छ । हामीकहाँ दुवै अवस्था छैन ।

कतिपय अस्पतालले बिरामीलाई अनावश्यक परीक्षणहरू गराउन बाध्य गराएको पनि हामीले सुन्ने गरेका छौँ । तर,हामीले त्यसो गर्ने गरेका छैनौँ । अनावश्यक परीक्षण गराउन लगाउँदा एकातिर बिरामीको पैसा र समय नष्ट हुन्छ भने अर्काेतिर त्यसले बिरामीमा नैराश्य उत्पन्न गराउँछ ।

अस्पतालमा बिरामीको चाप अत्यधिक बढ्नुमा मुख्यतया केलाई कारण मान्नुहुन्छ ?
समग्रमा भन्नुपर्दा बिरामीप्रति हामीले गर्ने व्यवहार र उपचारको स्तरीयताकै कारण हामीकहाँ बिरामी बढ्दै गएका हुन् । हामीले प्रदान गर्ने स्वास्थ्यसेवाप्रति नागरिकको बढ्दो विश्वासका कारण पनि बिरामीको चाप बढेको हो ।
कतिपय अस्पतालले बिरामीलाई अनावश्यक परीक्षणहरू गराउन बाध्य गराएको पनि हामीले सुन्ने गरेका छौँ । तर,हामीले त्यसो गर्ने गरेका छैनौँ । अनावश्यक परीक्षण गराउन लगाउँदा एकातिर बिरामीको पैसा र समय नष्ट हुन्छ भने अर्काेतिर त्यसले बिरामीमा नैराश्य उत्पन्न गराउँछ । सही तरिकाबाट बिरामीको रोग परीक्षण गराउने भएकाले पनि अस्पताल बिरामीको मन जित्न सफल भएको छ ।

अस्पतालका भावी योजना के छन् ?
बिरामीको बढ्दो चापअनुसार अस्पतालसँग उपलब्ध भवन ज्यादै नै साँघुरो भएको छ । अस्पतालले एउटा बहुतले भवन बनाउने तयारी गरेको भएपनि त्यसका लागि ठोस योजना भने अहिलेसम्म तयार भएको छैन ।
प्रतिष्ठानका हिसाबले अस्पतालले आफ्नो कार्यक्षेत्र बढाउँदै जानु आवश्यक छ । छाला, आँखा, नाक–कान–घाँटी विभाग एकदमै साँघुरो क्षेत्रफलमा सञ्चालन भइरहेका छन् । स्त्रीरोगकाबिरामी पनि बढ्दै छन् । बढ्दो बिरामीको चापअनुसार हामीले त्यसलाई ठाउँ दिन सकेका छैनौँ । कतिपय अवस्थामा करिडोरमा पनि बिरामी राख्नुपर्ने बाध्यता हामीसँग छ । वास्तवमा त्यो हाम्रो चाहना नभई बिरामीलाई नफर्काऔँ भन्ने मनसायको उपज हो । बहुतले भवन बनाउन सकेको खण्डमा केही समयका लागि भएपनि बिरामीको चाप थेग्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ । पछि गएर त्यो पनि अपर्याप्त त होला, तर केही वर्षका लागि भएपनि बहुतले भवनले समस्या समाधान गर्छ ।

अस्पतालमा सफ्टवेयर प्रणाली लागू गर्न सकेको खण्डमा त्यसले काम सजिलो, छिटो हुनुका साथै तथ्यांक सुरक्षित राख्न सजिलो हुन्थ्यो । त्यसका लागि नेपाल सरकारले सहयोग गरेको खण्डमा हामीले त्यस्ता सेवा विस्तार गर्न सक्छौँ भन्ने मलाई लाग्छ ।
सरकारीतवरबाट अस्पताललाई वार्षिक रूपमा ५–६ करोड बजेट आउने गर्छ, जुन अस्पतालका लागि पर्याप्त छैन । कि नेपाल सरकारले गलत काम गर्यो भनेर संस्था बन्द गराउन सक्नुपर्यो, होइन भने राम्रो काम गर्नेलाई त सहयोग गर्नुपर्यो नि !

नेपाल सरकारले यस संस्थाको प्रभावकारिताबढाउन ठाउँ व्यवस्था गरिदिनुप्र्छ । यो संस्था धेरै खुम्चिएर बसेको छ । हामीले बिरामीलाई अझै व्यवस्थित गरेर राख्न सकेको खण्डमा अझै अस्पतालको विश्वसनीय बढ्दै जान्थ्यो भन्ने मलाई लाग्छ ।
सेवा–सुविधा प्रदान गर्ने हकमा भने अस्पतालले आफूसँग भएको साधन तथा स्रोतको अधिकतम प्रयोग गरी प्रभावकारी स्वास्थ्यसेवा प्रदान गर्नतर्फ लागेको छ । हाल ओपिडी रहेको भवनलाई भत्काएर त्यसमा बहुतले भवन बनाउन सकेको खण्डमा १–२ वर्ष दुःख झेल्नुपरे पनि दीर्घकालीन रूपमासेवा–सुविधा प्रभावकारीरूपमा प्रदान गर्न सकिन्छ भन्ने लाग्छ ।

(डा. शर्माले हेल्थपोस्टकी लक्ष्मी चौलागाईंसँग गरेको कुराकानीको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय