डा. केसी शिक्षण अस्पतालको आइसियूमा भर्ना, अनशन नरोकिने

चिकित्साशिक्षा विधेयक पारितलगायत माग राखेर १० दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई शुक्रबार विहान साढे ३ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
इलाममै रहँदा मुटुको चाल र फोक्सोमा गम्भीरु समस्या देखिएपछि धरानबाट गएरका विशेषज्ञहरुले तत्कालै आइसियूमा नराखे जुनसुकैबेला जस्तोसुकै अप्रिय परिस्थिति आइपर्नसक्ने चेतावनी दिएपछि राति नै काठमाडौं ल्याइएको हो ।

राति १०.२० मा इलाइबाट एम्बुलेन्समा हिडाएर राति भद्रपुरबाट नाइटभिजनमै काठमाडौं ल्याइएको हो । डा. केसीले राति आइसियू जान इन्कार गरेपनि डा. प्रवेश श्रेष्ठलगायत अवस्था जोखिमपूर्ण रहेको भन्दै आइसियू जान आग्रह गरेपछि केसी तयार भएका थिए ।

डा. केसी आइसियूमा प्रवेश गर्नुअघि आफ्नो अनशन नरोकिएको भन्दै श्वास रहेसम्म अनशन जारी रहेने बताएका थिए । उनले वेहोस नहुँदासम्म जवरजस्ती कुनै पनि उपचार इच्छाविपरीत नगर्नसमेत आग्रह गरेका छन् । अनशन सुरुदेखि केही समयअघिदेखि चिकित्सको परामर्शमा सुरु गरेको मुटुको औषधिसमेत लिन मानेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय