नेपाल औषधि लिमिटेडको ‘सिटाप्लस’ बजारमा, ‘आरडिडोन’ छिटै आउने

इन्जु ढकाल
प्रकाशित
२०७५ माघ ३ गते १२:१९

नेपाल औषधि  लिमिटेडले ज्वरो तथा दुखाइमा प्रयोग हुने सिटाप्लस ३२५ औषधि उत्पादन सुरु गरेको छ । ट्याब्लेट युनिटमा रहेको सिटामोलमा अर्को सिटाप्लस ट्याब्लेट थपिएको हो । यससँगै आरडिडोन ४०० एमजी (आइरन) पनि छिटै बजारमा आउनेक्रममा रहेको लिमिटेडले जनाएको छ ।
सिटाप्लस बनिसकेको र अब बजारमा आउन ६–७ दिन लाग्ने नेपाल औषधि लिमिटेडका निमित्तमहाप्रबन्धक विजयश्रीरत्न वज्राचार्यले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुपयाक्चरिङ जिएमपी गाइडलाइनअनुसार औषधि निर्माण गरिएको वज्राचार्यले बताए ।
वि.सं. २०७४ बाट जिएमपीबाट गाइडलाइनअनुसार काम सुरु गरेको लिमिटेडले पाँचवटा औषधि उत्पादन गरिसकेको छ । जसमा सिटामोल, जीवनजल प्लेन र अरेन्ज फ्लेबर, गिलिसिरिन, डिस्टिल्ड वाटर छन् । अहिले दुईवटा युनिट जिएमपी मापदण्डअनुरूप फेरि नयाँ रूपमा रिलेभेन्ट गरिएको छ ।

जीवनजल प्लेन र अरेन्ज फ्लेबर ओआरएस युनिटमा छन् । सिटामोल ट्याब्लेट युनिटमा छ । गिलिसिरिन र डिस्टिल्ड वाटर रिप्रेजिङ युनिटमा छन्, जसलाई जिएमपी मापदण्ड चाहिँदैन । ओआरएस युनिटमा दुई–तीनवटा प्रडक्ट रहने तथा जीवनजलमा केही फ्लेबर थपिने लिमिटेडले जनाएको छ । त्यसैगरी सिटामेल युनिटमा ट्याब्लेटहरू थपिँदै जानेछन् ।

जिएमी मापदण्ड पूरा नगरी अरू युनिट औषधि नबन्ने वज्राचार्यको भनाइ छ । उनका अनुसार सबै युनिटको क्रमशः रिलेभेन्ट हुँदै जान्छ । रिलेभेन्टमा सबै मेसिन, हावा, पानी, लाइटलगायत सबै नयाँ बनाउनुपर्ने भएकाले समय लागेको उनी बताउँछन् ।

निकट भविष्यमै १६ वटा प्रडक्ट बजारमा आउने तयारी भइरहेको वज्राचार्यले जानकारी दिए ।
जिएमपी मापदण्ड तथा सबै युनिटको रिलेभेन्ट पूरा भएपछि मात्रा अरू युनिट ल्याउने तयारी लिमिटेडको छ । जिएमी मापदण्ड पूरा नगरी अरू युनिट औषधि नबन्ने वज्राचार्यको भनाइ छ । उनका अनुसार सबै युनिटको क्रमशः रिलेभेन्ट हुँदै जान्छ । रिलेभेन्टमा सबै मेसिन, हावा, पानी, लाइटलगायत सबै नयाँ बनाउनुपर्ने भएकाले समय लागेको उनी बताउँछन् ।

लिमिटेडसँग उत्पादन क्षमता बढाउने, मेसिन बदल्ने तथा जनशक्ति बढाउनेजस्ता चुनौती छन् । सरकारले औषधि उत्पादन तीव्र बनाउन ५ वर्षे योजना बनाएको छ । हाल लिमिटेडले स्वास्थ्य मन्त्रालयले निःशुल्क वितार गर्ने भनेका ८० थरी आषधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको निमित्तमहाप्रबन्धक वज्राचार्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय