डा. केसीका मागमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायाधीशसहितका अगुवा इलाम जाँदै

९ दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका नागरिक अगुवा इलाम जाँदै छन् ।
टोलीमा कार्कीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा. अभिषेक सिंह छन् । अनशनस्थल पुगेर ऐक्यबद्धता जनाउने, चिकित्सकसँग भेटेर स्वास्थ्यअवस्था बुझ्नेलगायत कार्यक्रम रहेको जानकारी डा. सिंहले दिए ।

यसअघि कार्कीसहितका अगुवाले विज्ञाप्तिमार्फत डा. केसीसित गरेको सम्झौताबमोजिम चिकित्साशिक्षा विधेयक पारित गरेर राज्यको विश्वसनीयता गुम्न नदिन सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

चिकित्साशिक्षा विधेयकलाई १५औँ अनशनको सम्झौता र प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धताअनुसार नै पारित गर्नुपर्ने मागसहित डा. केसीले पुस २५ देखि इलाममा अनशन थालेका थिए । चार दिनअघि इलाम अस्पताल पुर्याइएका डा. केसीको स्वास्थ्य निरन्तर खस्किँएको भन्दै धरानबाट गएको विशेषज्ञ टोलीले तत्काल सुविधासम्पन्न अस्पतालमा पुर्याएर उपचार नथाले जुनसुकै वेला जेसुकै हुन सक्ने खतरा औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय