डा. केसीको उपचारका लागि इलाम पुग्यो विशेषज्ञ टोली, भेन्टिलेटर र आइसियू पनि साथमा

इलाममा ८ दिनदेखि आमरण अनशनतर डा. गोविन्द केसीको उपचारका लागि विशेषज्ञ चिकित्सकसम्मिलित विशेष उपचार टोली इलाम पुगेको छ ।

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानबाट प्रतिष्ठानका सहायक निर्देशक विकास शाहको नेतृत्वमा कार्डियोलोजिस्ट, मेडिसिन इमर्जेन्सी, एनेस्थेसिस (आइसियू हेर्ने), ल्याब टेक्निसियन र नर्ससहितको विशेषज्ञ टोली मोबाइल भेन्टिलेटर र आइसियू सुविधासहित बुधबार अपराह्न इलाम पुगेको हो ।

अनशनका क्रममा निमोनियाको संक्रमण, मुटुको चालमा भारी अनियमितता, रगतमा चिनीको मात्रामा निरन्तर गिरावटलगायत स्वास्थ्य समस्यासँग जुधिरहेका डा. केसीलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने तर आफूकहाँ उक्त सुविधा नभएकाले जोखिम बढेको इलाम अस्पतालले बताउँदै आएको थियो ।

यससँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानका उपकुलपति डा. विकास रौनियारले विशेषज्ञ टोली चयन गरी बुधबार बिहान ७ बजे इलामतर्फ पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय