बोनम्यारो प्रत्यारोपणका भ्रम र यथार्थ

डा. विशेष पौडेल
प्रकाशित
२०७५ माघ १ गते ११:२३

बोनम्यारो ट्रान्सप्लान्ट दुई प्रकारले गर्ने गरिन्छ । पहिलो, बिरामीबाटै स्टेम्सल निकालेर बोनम्यारो प्रत्यारोपण गर्ने प्रक्रिया हो । यसमा बोनम्यारोमा हुने स्टेम्सल निकालेर त्यसलाई केही समयका लागि भण्डारण गरी राखिन्छ र बिरामीलाई केमोथेरापी दिएर निकालिएको स्टेम्सल त्यही बिरामीलाई दिइन्छ । यसलाई ‘अटोलोगस’ प्रत्यारोपण भनिन्छ । अटोलोगस भन्नाले आफैँबाट आफैँमा गरिने प्रत्यारोपण हो । यो प्रत्यारोपण रगतका ‘मल्टिपल माइलोमा’ नामक क्यान्सर, हज्किन स्पेम्पर, ननहज्किन स्पेम्पर नामक क्यान्सरहरूमा गर्न सकिन्छ ।

अर्काे प्रकारको प्रत्यारोपण भनेको अन्य मानिसबाट स्टेम्सल झिकेर गरिने प्रत्यारोपण हो । क्यान्सर एकदमै बिग्रिएको अवस्थामा पुगिसकेको एकजना बिरामीलाई बचाउनका लागि केमोथेरापी दिँदा त्यसले काम गरेन र बोनम्यारो ट्रान्सल्लान्ट दिनुपर्ने अवस्था आयो भने नजिकका नातेदार तथा आफन्तबाट स्टेम्सल झिकेर बिरामीलाई दिने गरिन्छ । यो प्रत्यारोपणका क्रममा स्टेम्सल दिने मान्छे एकदमै डराउने गर्छन् । उनीहरू आफूलाई पनि क्यान्सर हुन्छ कि भनेर डराउने गरेको पाइन्छ ।

रोगको प्रकृति हेरेर कसैको पछाडितर्फ रहेको हड्डीमा नदुख्ने सुई लगाएर स्टेम्सल झिक्ने गरिन्छ भने कसैको त रक्तदान गरेको समयमा जस्तै गरी करिब ३ सय एमएल रगत झिकेर दिने गरिन्छ । बाहिरबाट दिने वा कहाँबाट दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर गर्छ ।

रोगको प्रकृति हेरेर कसैको पछाडितर्फ रहेको हड्डीमा नदुख्ने सुई लगाएर स्टेम्सल झिक्ने गरिन्छ भने कसैको त रक्तदान गरेको समयमा जस्तै गरी करिब ३ सय एमएल रगत झिकेर दिने गरिन्छ । बाहिरबाट दिने वा कहाँबाट दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर गर्छ । बोनम्यारो निकाल्न दिएमा पछि गएर ब्लड क्यान्सर हुन सक्छ भन्ने भ्रम धेरै मानिसमा छ, जुन विलकुलै होइन । त्यसरी बोनम्यारो दिने व्यक्तिमा कुनै पनि शारीरिक तथा मानसिक असर पर्दैन । बोनम्यारो दिने कतिपय व्यक्ति अत्यन्त डराउने गरेका छन्, जुन आवश्यक छैन । विश्वमा हालसम्ममा बोनम्यारो दिनेक्रममा एकजना व्यक्तिको मात्र मृत्यु भएको छ । अमेरिकामामा घटेको उक्त घटनामा बोनम्यारो निकाल्नेक्रममा डरको स्तर बढ्दै आएका कारण उच्च रक्तचापको समस्या देखापरी उसको मृत्यु भएको थियो । यसमा दिने मान्छेले डराउनुपर्ने अवस्थै छैन । यो एकदमै सुरक्षित हुन्छ ।

कसरी थाहा पाउने ?
परीक्षणका लागि आउने बिरामीमा डाक्टरले विभिन्न परीक्षण गर्नेक्रममा बोनम्यारो ट्रान्सप्लान्टको आवश्यकता रहे–नरहेको थाहा हुन्छ । यो अनुमानका भरभन्दा परीक्षणबाटै पत्ता लाग्ने विषय हो । डाक्टरले त्यसका लागि जेनेटिक एनालाइसिस पनि गर्ने गर्छन् । यदि रिपोर्ट प्रत्यारोपण गर्नुनपर्नेखालको आयो र त्यसलाई हामीले केमोथेरापी दिन थाल्यौँ, तर केमोथेरापीले पनि बिरामीलाई काम गरेन भने त्यस्तो अवस्थामा पनि हामी बोनम्यारो ट्रान्सप्लान्टको आवश्यकता महसुस गर्छाैं ।
सकेसम्म हामी बोनम्यारो ट्रान्सप्लान्टको अवस्थामा जाने गरेका छैनौँ । यदि केमोथेरापी तथा औषधिको सहायताले निको हुने अवस्था छ भने सकभर बोनम्यारो ट्रान्सप्लान्ट गराइँदैन । ट्रान्सप्लान्टका क्रममा हुने विभिन्न जोखिमलाई कम गर्न हामीले त्यस्तो गर्ने गरेका हौँ ।
बोनम्यारो ट्रान्सप्लान्ट नगरी नबाँच्ने अवस्थामा पुगेका बिरामीका लागि मात्रै हामीले ट्रान्सप्लान्ट गराउने सल्लाह दिने गरेका छौँ । बोनम्यारो ट्रान्सप्लान्ट गर्ने निर्णयमा पुगेपश्चात् हामी बिरामीको दाजुभाइ–दिदीबहिनीलाई बोलाउने गर्छाैं । त्यसपश्चात् कसको बोनम्यारो दिँदा राम्रो हुन्छ भनी निर्णय गर्र्छाैं । पुरुष हो भने उसलाई पुरुषकै दिँदा राम्रो हुन्छ भने महिलालाई महिलाकै दिँदा राम्रो हुन्छ ।

उपचारका क्रममा बिरामीलाई चिकित्सकले औषधि तथा केमोथेरापी दिएपश्चात् मात्र बोनम्यारो ट्रान्सप्लान्टको कार्य थालनी हुन्छ । अन्य प्रत्यारोपणभन्दा बोनम्यारो ट्रान्सप्लान्ट एकदमै जटिल प्रकारको हुन्छ । अन्य प्रत्यारोपणमा रगतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा रगतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।

यसमा सकभर ब्लडग्रुप मिलेकै राम्रो हुन्छ । सबै किसिमका जाँचहरू गर्ने गरिन्छ । साथै, शरीरमा अन्य भाइरसहरू छन् कि छैनन् भनेर पनि परीक्षण गरिन्छ । सबै परीक्षण मिलेपश्चात् बोनम्यारो दिने मान्छेलाई छालाबाट दिने एक प्रकारको औषधि दिइन्छ । बिरामीको रोगअनुसार कहाँबाट बोनम्यारो झिक्ने भन्ने कुराको यकिन हुन्छ ।
रोगअनुसार बोनम्यारो निकालेपश्चात् प्रत्यारोपणका लागि विशेष प्रकारको कोठामा बिरामीलाई लगिन्छ । उक्त कोठामा एकदमै अत्याधुनिक प्रकारका मेसिनहरू जडान गरिएका हुन्छन् । ती मेसिनले प्रत्येक आधा सेकेन्डमा हावा स्वच्छ बनाउने काम गर्छन् । यस्तो मेसिन २४सै घण्टा कोठाभित्र रहनुपर्ने हुन्छ । यस्ता मेसिन नेपालमा भने पाइँदैनन् ।
उपचारका क्रममा बिरामीलाई चिकित्सकले औषधि तथा केमोथेरापी दिएपश्चात् मात्र बोनम्यारो ट्रान्सप्लान्टको कार्य थालनी हुन्छ । अन्य प्रत्यारोपणभन्दा बोनम्यारो ट्रान्सप्लान्ट एकदमै जटिल प्रकारको हुन्छ । अन्य प्रत्यारोपणमा रगतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा रगतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।
ट्रान्सप्लान्टका लागि बिरामी एउटै कोठाभित्र २१ दिनसम्म बस्नुपर्ने हुन्छ । बिरामीको खानपिनका लागि छुट्टै भान्साको व्यवस्था गरिएको हुन्छ । बिरामीलाई चलाउने रगत फरक प्रकारको हुन्छ । सीधै ब्लडबैंकबाट ल्याएर रगत चलाउन मिल्दैन । ब्लडबैंकबाट ल्याएको रगतलाई विशेष प्रकारको उपचार गरेर मात्रै चलाउनुपर्ने हुन्छ ।
बोनम्यारो ट्रान्सप्लान्टमा रहेका बिरामीको निगरानीका लागि २४सै घण्टा एक टिम छुट्याइएको हुन्छ । रगतको क्यान्सरका लागि मात्रै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ, अन्य क्यान्सरका लागि यसको आवश्यकता हुँदैन ।

किन हुन्छ ब्लड क्यान्सर ?
– कुनै मान्छेलाई पहिले कुनै पनि प्रकारको क्यान्सर भएको छ र उसले केमोथेरापी लिएको छ भने पछि गएर रगतको क्यान्सर हुन सक्छ ।
– कुनै बिरामीलाई क्यान्सरका लागि भनेर रेडिएसन दिइएको छ भने पनि उसलाई पछि गएर रगतको क्यान्सर हुने सम्भावना प्रबल हुन्छ ।
– लामो समयसम्म ‘बेन्जिन’ नामक रसायनमा काम गरेको मान्छेलाई पछि गएर रगतको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
– कतिपय पेटमा संक्रमण गर्ने ब्याक्टेरियाका कारण पनि रगतमा क्यान्सर हुने सम्भावना हुन्छ ।
– कतिपय भाइरल इन्फेक्सनका कारण पनि रगतको क्यान्सर हुन सक्ने सम्भावना रहन्छ ।

लक्षण
– ज्वरो आउने ।
– नाक, मुख तथा गिजाबाट रगत बग्ने ।
– शरीर फुल्ने ।
रगतमा देखिने सामान्य प्रकारका रोगहरू तथा रगतको क्यान्सरका रोगीहरूमा यस्ता प्रकारको लक्षणहरू देखापर्ने गर्छन् । यस्ता लक्षण देखापरेमा तुरुन्तै रगतको डाक्टरको सल्लाहअनुसार काम गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय