सरकारी चिकित्सक र सरकारबीचको सहमतिप्रति गैरसरकारी चिकित्सकको आपत्ति

स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूका पदाधिकारी सरकारी चिकित्सक मात्रै हुने गरी स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ, नेपाल (गोदान)बीच भएको सहमतिप्रति गैरसरकारी चिकित्सक संघ नेपालले असन्तुष्टि जनाएको छ । सहमतिको ४ र ६ नम्बर बुँदाप्रति गैरसरकारी चिकित्सकहरूले असन्तुष्टि देखाएका हुन् ।
संघका महासचिव डा. रितेश थापाले प्रतिष्ठानहरूको कार्यकारी प्रमुख स्वास्थ्यसेवाको कर्मचारीमध्येबाट नियुक्त गर्न आवश्यक व्यवस्था बढाउने नाममा स्वास्थ्य क्षेत्रमा सिन्डिकेट खडा गर्न खोजिएको आरोप लगाए । त्यसैगरी ६ नम्बर बुँदामा पनि स्वास्थ्यसेवातर्फको ११औँ तहमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने सहमति भएको छ ।

अहिले कुल चिकित्सकको ८० प्रतिशत निजीमा वा सरकारी क्षेत्रबाहिर कार्यरत रहेको सन्दर्भमा यस्तो सहमति आफूहरूलाई मान्य नहुने थापाले बताए । ‘मंगलबार नै हामी आकस्मिक बैठक बसेर त्यसको प्रतिरोध गर्छौं,’ उनले भने ।

अहिले कुल चिकित्सकको ८० प्रतिशत निजीमा वा सरकारी क्षेत्रबाहिर कार्यरत रहेको सन्दर्भमा यस्तो सहमति आफूहरूलाई मान्य नहुने थापाले बताए । ‘मंगलबार नै हामी आकस्मिक बैठक बसेर त्यसको प्रतिरोध गर्छौं,’ उनले भने ।

गोदान र सरकारी वार्ताटोलीबीच आजै (सोमबार नै) कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगबाट नियुुक्त स्वास्थ्यसेवातर्फका चिकित्सकलगायत अधिकृतस्तरका कर्मचारी संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने, स्वास्थ्यसेवातर्फको ११औँ तहमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था हटाउनेलगायत ८ बुँदे सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय