एचएको आन्दोलन- धर्ना, -र्याली मात्र हाेइन् सरसफाइ पनि, आजै वार्ता (हेर्नुस तस्वीर)

एक सातादेखि योग्यले नेतृत्व पाउनुपर्नेलगायत विभिन्न मागसहित आन्दोलनरत हेल्थ असिस्टेन्ट (एचए) संघ नेपालले आज (सोमबार) पनि विरोध र्याली निकालेको छ । माइतीघर मण्डलाबाट बिहान ११ बजे सुरु भएको र्याली बृहत् प्लेकार्ड प्रदर्शनसहित ११ः३० मा नयाँबानेश्वर पुगेर टुंगिएको थियो । र्यालीपश्चात् आन्दोलनकारी पुनः माइतीघर मण्डलामै जम्मा भई धर्ना कार्यक्रमलाई जारी राखेका छन् । आन्दोलनकारीले माइतीघरपरिसरमा सरसफाइसमेत गरेका छन् । यद्यपि, सरकारले गठन गरेको वार्ताटोलीले आन्दोलनरत एचएसित सोमबार मध्याह्न १२ बजेका लागि वार्ता तय भएको छ ।

स्वास्थ्य मन्त्रालयले आन्दोलनरत पक्षहरूसित वार्ताका लागि स्वास्थ्यसेवा विभागका महानिर्देशक गुणराज लोहनी, स्वास्थ्यसेवाका समन्वय शाखाका प्रमुख महेन्द्र श्रेष्ठ र कर्मचारी प्रशासन शाखाका सहसचिव जनार्दन गुरागाईंसहितको ३ सदस्यीय वार्ता टोली गठन गरी आन्दोलनरत एचए संघलाई वार्तामा आउन आग्रह गरेको थियो ।

सरकारले वार्ताका लागि आह्वान गरे पनि आफ्ना सबै मागको सम्बोधन हुनेमा आशंका भएका कारण वार्तासँगै आन्दोलनका कार्यक्रम जारी राख्ने एचए संघ नेपालका कार्यवाहक अध्यक्ष दीपेन्द्र खड्काले बताए । विरोध कार्यक्रमको सिलासिलामा ७७ वटै जिल्लाका एचए भेला भएका कारण आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म उनीहरूलाई घर नफर्काउने खड्काले बताए । उनका अनुसार वार्ताबाट आफ्ना माग पूरा नभएमा तत्कालै आन्दोलनका अन्य कार्यक्रमहरूको तयारी गर्नुपर्ने भएका कारण वार्ता हुने भनिए पनि सबै जिल्लाबाट भेला भएका एचएलाई फिर्ता नपठाइएको हो ।

एचएको आन्दोलनमा क्रममा आइतबार प्रहरी हस्तक्षेपमा परी करिब एक दर्जन आन्दोलनकारी घाइते भएका थिए । घाइतेमध्ये एक आन्दोलनकारीको हात भाँचिएको थियो ।

One thought on “एचएको आन्दोलन- धर्ना, -र्याली मात्र हाेइन् सरसफाइ पनि, आजै वार्ता (हेर्नुस तस्वीर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय