योगेशजी, लोकमानले सकेनन्, तपाईं सक्नुहोला ?

योगेश भट्टराईजी,

२०७३ सालमा लोकमानसिंह कार्कीले ‘भ्रष्टहरूको माखेसाङ्लोमा जेलिएका डा. (गोविन्द) केसीलाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न’ सुझाब दिएका थिए । डा. केसीको मानसिक उपचारको शीघ्रातिशीघ्र उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको लेटरहेडमा निकालेको विज्ञप्तिमा थप लेखेको थियो–
‘वस्तुतः नेपाली स्वास्थ्यक्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. केसीका खोक्रा अभियानबाट होइन, आयोगको दृढ प्रतिबद्धता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आमनेपाली दाजुभाइ–दिदीबहिनीमा विदितै छ । साथै, आयोग नेपाली स्वास्थ्यक्षेत्रमा विद्यमान अराजकता, दण्डहीनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिको अन्तका लागि सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ ।’

कार्कीको यस्तो दाबी यसै आएको थिएन । उनी संविधानले शक्तिशाली बनाइदिएको देशको संवैधानिक आयोगका प्रमुखआयुक्त थिए । देशमा सुशासन कायम गर्न सबैभन्दा बढी जिम्मेवारी हुने पदमा उनै थिए । त्यस्तो व्यक्तिलाई एउटा नागरिकको हैसियतमा रहेका डा. केसीले सार्वजनिक रूपमै भ्रष्ट घोषित गरेर महाभियोगको माग राखेपछि उनी आक्रोशित हुनु र त्यस्तो विज्ञप्ति निकाल्नु बुझ्न सकिने कुरा थियो ।

तर योगेशजी,
इतिहासको कठघरा भन्ने कुनै ठाउँ हुन्छ, जुन नभई हामी कोही पनि गुज्रन सक्दैनौँ । हामी आफ्नो वा अरू कसैबारे जतिसुकै दाबी, विवाद गरौँ, तर्क गरौँ, हल्ला गरौँ, लेखौँ वा बोलौँ, त्यसभन्दा निकै पर समयले हाम्रो अलग्गै परीक्षा लिन्छ ।

त्यो परीक्षामा लोकमान खरो उत्रेको भए अहिले के हुन्थ्यो, कल्पना गर्न सकिन्छ । तर, त्यसो भएन । बाँकी अब इतिहास भइसक्यो ।

योगेशजी, अहिले तपाईंले डा. केसीलाई छवि जोगाउन दिएको सुझाबमा लोकमानसिंह कार्कीको अहम्को धङधङी प्रस्टै देखिन्छ । तपाईंलगायत सत्तापक्षका नेताहरूबाट अहिले निरन्तर लोकमानबाट झैँ डा. केसीलाई ‘कुसंगत त्याग्न र प्रायोजित अभियन्ता नबन्न’ सुझाब आइरहेका छन् ।

उल्लिखित लोकमानको विज्ञप्तिको अनुच्छेद फेरि एकपल्ट हेरौँ । उनले नेपालको स्वास्थ्यक्षेत्रको सुधार र विकासमा अख्तियारले उपलब्धि हासिल गरेको दाबी गरेका छन् । जब कि, अख्तियारको संवैधानिक म्यान्डेट देशमा भ्रष्टहरूलाई कारबाही गरेर सुशासन कायम गर्ने हो, कुनै पनि क्षेत्रको सुधार र विकास होइन । सुधार र विकासको जिम्मा लिने व्यक्ति र संस्थाहरू अलग्गै थिए, छन् ।

तर, विडम्बना के भइदियो भने लोकमानले न भ्रष्टाचार रोकेर सुशासनका लागि काम गरे, न कुनै क्षेत्रमा सुधार र विकास । आफूले नगरेका कामहरूमध्ये गरेको भनेर दाबी गर्दा के लिने, के छोड्ने, आफ्नो कार्यक्षेत्रभित्रका काम के, बाहिरका के, उनलाई पत्तो भएन । विज्ञप्तिमा फूलबुट्टा भरेर मानिसहरूलाई विश्वास दिलाउने चक्करमा डा. केसीका कुरा प्रतिवाद गर्न के–के गरेको भन्दा ठिक हुन्छ जस्तो लाग्यो, उनले ती सबै लेखे ।

परिणामतः लोकमानसिंह कार्की रातारात जोकर बने । मान्छेले एकसाथ उनको निन्दा गरे, मजाक पनि उडाए । मजाक उनको मात्रै उडेन, अख्तियारजस्तो संस्थाको हुर्मत गयो । मानिसहरूको नजरमा लोकमान त गिरे नै, संस्थाका रूपमा अख्तियारको समेत नूर गिर्यो ।

योगेशजी,
अहिले तपाईंले डा. केसीलाई छवि जोगाउन दिएको सुझाबमा लोकमानसिंह कार्कीको अहम्को धङधङी प्रस्टै देखिन्छ । तपाईंलगायत सत्तापक्षका नेताहरूबाट अहिले निरन्तर लोकमानबाट झैँ डा. केसीलाई ‘कुसंगत त्याग्न र प्रायोजित अभियन्ता नबन्न’ सुझाब आइरहेका छन् ।

लोकमानपछि गोपाल पराजुली आएर डा. केसीलाई कुसंगत त्याग्न र प्रायोजित अभियन्ता नबन्न सुझाब दिँदा त्यसले पराजुलीका लागि दुःखान्त परिणाम ल्यायो । अब तपाईंहरूले त्यस्तै सुझाब दिँदा त्यो प्रहसनजस्तो सुनिन थालेको छ । कार्ल माक्र्सले त भनेकै थिए– इतिहास पहिलोचोटि दोहोरिँदा दुःखान्त हुन्छ, दोस्रोपल्ट दोहोरिँदा प्रहसन हुन्छ ।

तपाईं मच्ची–मच्ची भनिरहनुभएको छ– माथेमा प्रतिवेदनदेखि लिएर दुईपल्ट जारी भएका अध्यादेश र पछिल्लोपल्ट डा. केसीसँग सरकारले गरेका सम्झौताका सबैजसो प्रावधान राखेर, सुधारको मर्मलाई आत्मसात् गर्दै तथा चिकित्साशिक्षालाई गैरनाफामूलक बनाउने थप व्यवस्थासमेत गरेर चिकित्साशिक्षा विधेयक अघि बढाइएको छ, त्यसैले डा. केसीले विरोध गर्ने होइन, हर्ष मनाए हुन्छ ।

खासगरी अधिनायकवादी देशका शासकहरू आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै झुटो कुरा पनि बोल्छन् । अनि त्यो झुट यति दोहोर्याउँछन् कि कालान्तरमा उनीहरू आफैँलाई त्यो कुरामाथि विश्वास लाग्न थाल्छ । सत्य के थियो भन्ने कुरा उनीहरूको मथिंगलबाटै हराएर जान्छ ।
अहिले तपाईंहरूको अवस्था त्यस्तै भएको मेरो बुझाइ छ ।

तपाईं मच्ची–मच्ची भनिरहनुभएको छ– माथेमा प्रतिवेदनदेखि लिएर दुईपल्ट जारी भएका अध्यादेश र पछिल्लोपल्ट डा. केसीसँग सरकारले गरेका सम्झौताका सबैजसो प्रावधान राखेर, सुधारको मर्मलाई आत्मसात् गर्दै तथा चिकित्साशिक्षालाई गैरनाफामूलक बनाउने थप व्यवस्थासमेत गरेर चिकित्साशिक्षा विधेयक अघि बढाइएको छ, त्यसैले डा. केसीले विरोध गर्ने होइन, हर्ष मनाए हुन्छ ।

आफ्ना तर्क र दाबीलाई पुष्टि गर्न यहाँले फेरि अर्को दाबी गरिसक्नुभएको छ– अघि बढेको विधेयकबाट त्राहिमाम भएर मेडिकल कलेज सञ्चालकहरूले त्यसलाई संशोधन गर्न दबाब दिइसकेका छन् ।

तर, के साँच्चै संसदीय समितिबाट विधेयक अघि बढाउँदा तपाईंहरू इमानदार हुनुभएको छ त ? यो टेबलले आफैँ यो प्रश्नको उत्तर दिन्छ–

योगेशजी, ‘आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्नेछैन ।’ यसको अर्थ हुन्छ, सम्बन्धनसम्बन्धी निर्णयका लागि यो ऐनका प्रावधानहरु निरर्थक छन् ।

तपाईंले दाबी गरेको सुधार यही हो ?

योगेशजी,
लोकमानपछि डा. केसीलाई मानिसहरूको आँखामा गिराउन लागिपर्ने अर्का महामानव गोपाल पराजुली थिए । उनको ठाडो आदेशमा सत्याग्रहरत डा. केसीलाई रातारात शिक्षण अस्पतालबाट उठाएर हिरासत पुर्याइएको थियो । ‘न्यायालयमाथि औँला उठाउने ?’ भन्दै अरिंगालझैँ उहाँमाथि खनिने मानिसहरू थुप्रै थिए ।

त्यहीवेला डा. केसीका समर्थकलाई भारतको बलात्कारी र हत्यारा रामरहिमका समर्थकसित तुलना गर्ने तिनै मानिस थिए, जसका घरको वास्तु मिलेका कारण तपाईंहरूको पार्टी एकता सम्भव भएको थियो । कुनैवेला दुई ध्रुवझैँ अलग–अलग तपाईंका पार्टी अध्यक्षहरूका मन त्यही घरको मार्सी चामलका भातले जोडेको थियो ।

यी सबैभन्दा निकै अगाडि डा. केसीले नयाँ मेडिकल कलेज जथाभावी नखोल भन्दा पुराना मेडिकल कलेजले उचालेर अनशन गराएको भन्नेहरू थिए । डा. केसीको अभियानकै कारण पुराना मेडिकल कलेजमा सिट र शुल्क निर्धारण गरेर उनीहरूको कमाइ आधाभन्दा बढी घटेपछि ती निन्दकहरू गायब भए र विद्यार्थी विदेश पठाउनेहरूले अनशन गराएको भन्नेहरू आए ।

डा. केसीको अभियानकै कारण प्रवेश परीक्षा अनिवार्य गरिएपछि विदेश जानेको संख्या दुईतिहाइले कम भएपछि फेरि ती पनि गायब भए र अहिले अनेकथरी हास्यास्पद आरोपहरू लगाउने अभ्यास भइरहेको छ ।

एकचोटि खुला दिलले सोच्नुस् त, यसरी मौसमी आरोप लगाउनेहरू आज कहाँ छन् ?

लोकमान गए । गोपाल पराजुली गए । डा. केसीले भरेका फारममा भएका प्राविधिक त्रुटि पक्रेर उहाँलाई बदनाम गर्ने प्रयास गरेका त्रिवि पदाधिकारी जाँचबुझ आयोगबाट दोषी ठहरिएर बर्खास्ती पर्खेर बसिरहेका छन्, जुन काम गर्न तपाईंहरूको बलियो सरकार खुट्टा कँपाइरहेको छ । डा. केसीका समर्थकलाई किन गोली नहानेको भनेर प्रश्न गर्ने अहिले देशको ठूलो पार्टीलाई नै डुबाउने अवस्थामा छन् ।

योगेशजी,
लोकतन्त्रमा हामी सबै आफूले चाहेको बाटो हिँड्न स्वतन्त्र छौँ । यहाँलाई डा. केसीको छविमा हिलो छ्याप्नकै लागि सत्यबाट जतिसुकै टाढा पुगेर लोकमानसिंह कार्कीको बाटो हिँड्नु छ भने त्यसमा आपत्ति जनाउने हामी कोही पनि होनौँ । कसैले राजनीतिक आत्मदाह नै गर्छ भने पनि त्यो काम रोक्ने अधिकार र उपाय दुवै हामीसँग छैन । तपाईं आफू रोजेको बाटो हिँड्न स्वतन्त्र हुनुहुन्छ ।

ती सबैको सिको गर्दै तपाईं अहिले डा. केसीको सत्याग्रहका पछाडि कथित ‘नेक्सस’ भएको भाषणा गरिरहनुभएको छ । तपाईंको जानकारीका लागि भनिदिऊँ– हो, डा. केसीका पछाडि नेक्सस छ, द्वन्द्वपीडितदेखि माफियापीडितसम्म, न्याय खोज्नेहरूको नेक्सस । स्वस्थ हुन पाउने अधिकारका लागि चिकित्साशिक्षामा गुणस्तर खोज्नेहरूको नेक्सस । गरिब भए पनि जेहेन्दारीका भरमा डाक्टर बन्न पाउने अधिकार खोज्ने विद्यार्थीहरूको नेक्सस । दुर्गममा बसेर भए पनि सुलभ र सस्तो विशेषज्ञ तहको सेवा चाहने नागरिकहरूको नेक्सस ।

योगेशजी,
लोकतन्त्रमा हामी सबै आफूले चाहेको बाटो हिँड्न स्वतन्त्र छौँ । यहाँलाई डा. केसीको छविमा हिलो छ्याप्नकै लागि सत्यबाट जतिसुकै टाढा पुगेर लोकमानसिंह कार्कीको बाटो हिँड्नु छ भने त्यसमा आपत्ति जनाउने हामी कोही पनि होइनौँ । कसैले राजनीतिक आत्मदाह नै गर्छ भने पनि त्यो काम रोक्ने अधिकार र उपाय दुवै हामीसँग छैन । तपाईं आफू रोजेको बाटो हिँड्न स्वतन्त्र हुनुहुन्छ ।

तर, तपाईंप्रति सहानुभूतिवश म एउटा कुरा स्मरण गराऊँ– लोकमान दरबारनजिकको सम्भ्रान्त परिवारबाट आएका, कर्मचारीका रूपमा सक्रिय जीवनको पहिलो इनिङ बिताइसकेका मानिस थिए । त्यसको अन्तमा सरकारबाटै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका उनी नाजायज रूपमा अख्तियार प्रमुखका रूपमा चोर बाटोबाट छिरेर फेरि दोस्रो इनिङसमेत खेलिसकेका थिए । (त्यसरी चोर बाटोबाट उनलाई छिराउनेमा तपाईंको अहिलेको पार्टीका दुई पितृ पार्टीहरूका शीर्ष नेता सम्मिलित कथित उच्चस्तरीय राजनीतिक संयन्त्र थियो, त्यसको कहानी बेग्लै छ ।)

र तपाईंको जस्तै विगतका वाचा भुलिहाल्ने दलहरूले फेरि फर्काएर ल्याएनन् भने अब लोकमानसिंह कार्की नेपालको इतिहासको फुटनोटमा दर्ज भइसकेका छन् ।

तर, तपाईंलाई त्यही बाटो हिँड्नु छ भने रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन । यदि लोकमान (र, उनीपछि गोपाल पराजुलीलगायत इतिहासले खलनायक ठानेका अनेक रङका व्यक्तिहरू)ले डा. केसीले न्यायका लागि गरेको सत्याग्रहको राप र प्रकाश छेक्न सकेनन् भने के तपाईंले सक्नुहोला ?

समयले बताइ नै हाल्ला ।

9 thoughts on “योगेशजी, लोकमानले सकेनन्, तपाईं सक्नुहोला ?

    1. अति सान्दर्भिक आर्टिकल डा.साब !
      योगेशजी जस्तो राज्यको ढुकुटीबाट जानीजानी घरभाडा दोहन गर्ने तस्करले डा.के शी निष्ठाको धरोहरलाई संका गर्ने र औला उठाउने नैतिकता किमार्थ छैन !आगे देखा जाला ।

  1. यो लट्याङ्ग्रो गोज्याङ्ग्रो योगेश अस्तिसम्म मन्त्री नपाएर केपिलाई सराप्दै हिन्थ्योर रुन्थ्यो अहिले मफियाको पक्ष लागेर जनपक्षिय डा. के सी को खिल्लि उडाउदैछ किन भने देशको शासनको मुख्य बागडोर माफियाको औलामा छ।

  2. महात्मा श्री ६ कृपालु महाराज डा केसि कि जय । पुराना मेडिकल कलेज लाई छुन पाईदैन , नयाँ खोल्न पाइदैन । श्री भक्त जनता हरुकि जय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय