चिसोमा ओफुरो : जापानमा घर–घर, नेपालमा रहर

इन्जु ढकाल
प्रकाशित
२०७५ पुष ३० गते ८:४५

जाडो मौसममा चिसोले सबैलाई सताउने गर्छ । पछिल्लो समय चिसो बढेसँगै ओफुरोथेरापीमा नेपालीहरूको आकर्षण बढिरहेको छ । स्पाथेरापी सर्भिसभित्रको यो सेवा जाडो मौसममा स्वास्थ्यका लागि अति नै उपयोगी मानिन्छ । चिसो भगाउन मात्र नभएर ओफुरो विशेषगरी सबैखाले नसर्ने रोगको उपचारमा बहुपयोगी मानिन्छ । ओफुरो, साउना तथा स्टिममा बस्दा शरीरलाई निकै फाइदा पुग्छ ।

नेपालमा पहिलोपटक वि.सं. २०७२ मा रियल थेरापीले जापानी पद्धतिको ओफुरोथेरापी सेवा भित्र्याएको हो । यो सेवा रियल थेरापी र ब्युटी प्वाइन्टमा मात्र पाइने रियल थेरापीका सञ्चालक भवी शर्मा बताउँछन् । चिसो मौसममा शरीरबाट चिसो फाल्न र तन्दुरुस्त बनाउनका लागि अहिले दैनिक ३० देखि ३५ जना आउने गरेको शर्माले बताएका छन् । ओफुरो जापानी नाम हो । तातोपानीको आहाल तथा पोखरीमा नुहाउने कार्यलाई जापानमा ओफुरो पस्ने भनिन्छ ।

नेपालमा तातोपानीमा नुहाउने प्रचलन परापूर्वकालदेखि नै छ । तातोपानी कुण्ड वा धारामा नुहाउँदा विभिन्नखाले रोग निको हुन्छ भने जनविश्वास अझै उत्तिकै छ । धर्मकर्मकै निहुमा भए पनि वर्षमा एकपटक तातोपानी तीर्थस्थलमा नुहाउन जाने प्रचलन पनि उत्तिकै छ । हाम्रा पूर्खाले तातोपानीका कुण्ड तथा धारालाई तीर्थकै रूपमा मान्दै आउनुपछाडिको विज्ञानलाई आजका ओफुरो, साउना, स्टिम बाथलगायतले उजागर गरेका छन् ।

ओफुरोमा पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्री सेल्सियस हुन्छ । सेवाग्राहीको आवश्यकताअनुसार तापक्रम घटबढ गर्न सकिन्छ । ओफुरोमा पस्नुअगाडि एकपटक राम्रोसँग नुहाउनु अनिवार्य मानिन्छ । ओफुरोभित्र गइसकेपछि घाँटीभन्दा तलको भागलाई तातोपानीभित्र डुबाएर आरामसाथ बस्नुपर्छ । ओफुरोमा ३० मिनेटदेखि ६० मिनेटसम्म बस्नु राम्रो मानिन्छ ।

ओफुरो जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचारका साथै आरामदायी सेवा हो । यो जापानमा निकै प्रख्यात छ । जापानिजहरूले दैनिकजसो ३ देखि ६ मिनेटसम्म यो सेवा लिने गरेको पाइन्छ । त्यसैकारण जापानिजहरूको सरदर आयु उच्च भएको अर्थ पनि लगाउने गरिएको छ । प्रायः जापानिजहरूको घरमै ओफुरोथेरापी सेवा पाइन्छ । तर, नेपालमा भने यसको महत्वबारे धेरैमा अनभिज्ञता छ र रोगले नराम्ररी गाँजेपछि मात्र यसलाई उपचारको विकल्प बनाउने गरेको पाइएको छ ।

खासमा के हो ओफुरो थेरापी ?
ओफुरो जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचार सेवा हो । पछिल्लो समय ओफुरो विश्वका विभिन्न देशमा पाइन्छ । चौडाआकारको काठको बाकसको पोखरी ज्याकुजीसँग मिल्दोजुल्दो हुन्छ तर यसमा कुनै किसिमको पानीका फोका आउँदैनन् । ओफुरोमा पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्री सेल्सियस हुन्छ । सेवाग्राहीको आवश्यकताअनुसार तापक्रम घटबढ गर्न सकिन्छ । ओफुरोमा पस्नुअगाडि एकपटक राम्रोसँग नुहाउनु अनिवार्य मानिन्छ । ओफुरोभित्र गइसकेपछि घाँटीभन्दा तलको भागलाई तातोपानीभित्र डुबाएर आरामसाथ बस्नुपर्छ । ओफुरोमा ३० मिनेटदेखि ६० मिनेटसम्म बस्नु राम्रो मानिन्छ ।

ओफुरोमा प्रयोग गरिने पानीमा ‘लेमनग्रास’ र ‘युकेलिप्टस’ तेलको प्रयोग गरी पानी तताउने गरिन्छ । तेलको प्रयोगले पानीमा भएको कीटाणुलाई निष्क्रय पार्छ र शरीरमा भएका स–साना प्वाल तथा झिल्लीलाई सक्रिय बनाई शरीरभित्र भएका विकार पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।

ओफुरोका फाइदा
– नसर्ने रोगका बिरामीलाई ओफुरोको प्रयोग निकै लाभदायक मानिन्छ । ब्याक पेन, जोइन्ट पेन, सुगर, युरिक एसिड, पेसर, मस्कुलर पेनजस्ता समस्यामा यो अति उपयोगी हुन्छ ।
– शरीरबाट चिसो फाल्न ओफुरो उपयोगी छ ।
– ओफुरोले शरीरलाई तन्दुरुस्त र स्फूर्त बनाउँछ ।
– शरीरिक थकान महसुस भएका वेला ओफुरोले निकै राहत दिन्छ ।
– निद्रा नपर्ने समस्यामा यो उपयोगी हुन्छ ।
– खाना अपच हुने रोगबाट छुटकारा मिल्छ ।
– मोटोपन घटाउन तथा बोसो पगाल्न उपयोगी हुन्छ ।
– मानसिक समस्या भएका बिरामीका लागि उपयोगी हुन्छ ।

ओफुरो हरेक व्यक्तिलाई आवश्यक छ । कामको प्रेसर, अत्यधिक व्यस्तता, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, मदिरा सेवनकर्तालगायतका लागि यो निकै फाइदाजनक मानिन्छ ।

तर,
यी व्यक्तिले ओफुरो गर्नुहुँदैन–
– अत्यधिक रक्तचाप भएका ।
– कुनै पनि अंगको मेजर सर्जरी गरेको ६ महिना नपुगेका ।
– शरीरभित्र स्टिल वा रड राखेका ।
– ४ महिनाभन्दा माथिको गर्भ भएका ।
– स्किन एलर्जी तथा छालासम्बन्धी स्थायी रोग भएका ।
– रजस्वलाको अवस्थाका ।
– बालबालिका ।

कति खर्चिलो छ ओफुरो ?
ओफुरोसेवा लिनका लागि एकपटकको १ हजार रूपैयाँ तिर्नुपर्छ । ओफुरोको यो प्याकेजमा साउना र स्टिमबाथको सेवासमेत समावेश छ । ओफुरोमा बस्दा लगाउने भित्री कपडा तथा अन्य टावेलको व्यवस्था सेवाप्रदायकले नै गर्छ ।

कसरी काम गर्छ ओफुरोले ?
ओफुरोमा प्रयोग गरिने पानीमा ‘लेमनग्रास’ र ‘युकेलिप्टस’ तेलको प्रयोग गरी पानी तताउने गरिन्छ । तेलको प्रयोगले पानीमा भएको कीटाणुलाई निष्क्रय पार्छ र शरीरमा भएका स–साना प्वाल तथा झिल्लीलाई सक्रिय बनाई शरीरभित्र भएका विकार पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । शरीरका विभिन्न भागमा थुनिएर रहेका रक्तकोषिकाहरूलाई खुलाई रक्तसञ्चार प्रक्रिया सहज बनाई मांसपेशीलाई बलियो तथा तन्दुरुस्त बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय