डा. केसीको मुटुको चाल अनियमित, अस्पतालमा सारिने

६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको मुटुको चाल अनियमित, खोकीसमेत बढ्दै गएपछि अस्पताल सारिने भएको छ । पटकपटकको अनशनका कारण निम्तिएको मुटुको समस्यालागि औषधिसमेत नखाएका डा. केसीको पाँचौ दिनदेखि नै मुटुको चाल गढबढी देखिएको उपचारमा संलग्न चिकित्सक रामकृष्ण आचार्यले बताए ।

डा. आचार्यका अनुसार तत्कालै इलाम अस्पतालमा सारिने तयारी भइरहेको छ ।
केही महिनाअघि मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन सेन्टरमा भर्ना गरिएको थियो ।

आचार्यका अनुसार फोक्सोमा समेत संक्रमणको संकेतहरु देखिन थालेका छन् । स्वास्थ्यमा गम्भीर र नकारात्मक संकेत देखिएपछि आइतबारदेखि नै अस्पताल जान आग्रह गर्दा डा. केसी तयार नभएको आइतबारै इलाम पुगेका सहयोगी डा. अभिशेकराज सिंहले बताए । ‘स्थानीय अगुवा तथा सहयोगीहरुको बारबारको आग्रहपछि उहाँ तयार हुनुभएको छ’ सिंहले भने ।
१५औं अनशनको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमाथिको प्रतिवेदन समितिबाट पारित भएपछि डा. केसी बुधबारदेखि अनशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय