खुट्टा गुमाएका ५ सयलाई कृत्रिम खुट्टा दिने चौधरी फाउण्डेसनको घोषणा

दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाएका ५ सय नागरिकलाई निःशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गरिने भएको छ । चौधरी फाउण्डेसनले समाजिक संस्था भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस) सँगको सहकार्यमा नेपालमा कृत्रिम खुट्टा वितरण लागेको हो ।
आइबार नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृत्रिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।

अभियानको पहिलोचरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गते चल्ने कृत्रिम खुट्टा वितरण दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेसम्म चल्नेछ । दुबै ठाउँबाट ५ सय व्यक्तिलाई कृत्रिम खुट्टा उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिह पुरी, विएमभिएसएसका संस्थापक डा. डि. आर. मेहता, समितिका निर्देशक सतिस महतोलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सामाजिक उत्तरदायित्व बोध गरेर खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृत्रिम खुट्टा उपलब्ध फाउन्डेसनको मानवीय कार्यको प्रशंसा गरे । उनले अभियानलाई प्रभावकारी पार्न सरकारका तर्फबाट सहजीकरण र सहयोगको बचनसमेत दिए ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले आफूले प्राप्त गरेको व्यवसायिक सफलताका लागि समाजको ठूलो देन रहेको भन्दै सामाजिक कार्यमार्फत् सेवामा लाग्नुलाई कर्तव्य सम्झेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेको छु । कृत्रिम खुट्टा उपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’

एक तथ्यांकअनुसार नेपालमा करिब एक लाख मानिसलाई कृत्रिम खुट्टाको आवस्याकता छ । चौधरीले खुट्टा गुमाउनु पर्दा हिडँडुलमा कठीनाईसँगै जीवननै समस्याग्रस्त बन्ने गरको भन्दै खुट्टा पाएकाहरुको जीवनमा उज्यालो आउने विश्वास गरे ।

नेपालका लागि भारतीय राजदूत पुरीले अभियानले धेरै मानिसलाई नयाँ जीवन दिने भन्दै मानवीय कार्यको प्रशंसा गरे । कार्यक्रममा विएमभिएसएसका संस्थापक डा. मेहताले जयपुर फुट्सका कृत्रिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भइरहेको भन्दै मानवीय अभियानमा सरीक हुन भएकोमा गर्व लागेको बताए । कृत्रिम खुट्टा उपलब्ध गराउँने जयपुर फुट्स विश्वमै उत्कृष्ठ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय