एचए आन्दोलनमा प्रहरी हस्तक्षेप, एकको हात फ्याक्चर, १० प्रहरीकाे नियन्त्रणमा

अपडेट : प्रहरीले नियन्त्रणमा लिएका सबै आन्दोलनकारी एचएहरु साँझ रिहा भएका छन् ।

………

शैक्षिक योग्यताका आधारमा कार्यलय प्रमुख हुनुपर्ने मागसहित आन्दोलनरत हेल्थ असिस्टेन्ट (एचए)को आन्दोलनमा प्रहरी र एचएबीच झडपको भएको छ । मन्त्रालय प्रवेश रोकिएपछि आन्दोलनरत एचएहरु आफ्नो घर जान पाउनुपर्छ भन्दै मन्त्रालयतर्फ अगाडि बढ्न खोज्दा झडप भएको हो ।

सो क्रममा प्रहरीले अन्धाधुन्ध लाठी प्रहारगरी केन्द्रीय उपाध्यक्षसहित १० भन्दा बढीलाई हिरासतमा लिएको हेल्थ असिस्टेन्ट संघ, नेपालका सचिव दीर्घ बोगटीले जानकारी दिए ।

आन्दोलनको क्रममा घाइते सर्लाही जिल्ला सचिव अन्जय यादव

सदस्य एवं प्रवक्त उदय महतोका अनुसार प्रहरी झडपमा परि सर्लाही अध्यक्ष अन्जय यादवको हात फ्याक्चर भएको छ । अर्का एचए सुदन पाण्डेपनि घाइते भएका छन् ।

१० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपाध्यक्षद्धय मेघराज चापागाईँ, प्रकाश परियारसहितलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रहरीले नियन्त्रणम लिएका अन्यमा प्रदेश ५ उपसंयोजक ,गिरिश राय, उमेश घिमिरे, गुल्मी अध्यक्ष राजेश ज्ञवाली, सुनीलकुमार साह, कास्की अध्यक्ष दिवान श्रेष्ठ, कोषाध्यक्ष कमल रावत र रुपन्देही अध्यक्ष हंसराज दढुलियल छन् ।

One thought on “एचए आन्दोलनमा प्रहरी हस्तक्षेप, एकको हात फ्याक्चर, १० प्रहरीकाे नियन्त्रणमा

  1. maag badhaunu paryo. desh varika HA college completely banda garnu paryo. HA ko level 6th hunu paryo. agadi padhna kunai bridge course nagarnu parne maag rakhnu paryo. चोर डाका हरु ले हाम्रा माग पूरा हुदैनन् , आगो लगाउनुपर्छ मन्त्रालय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय