‘वार्ता असफल बनाउने षड्यन्त्र ’ चिर्न एचएको माैन -याली

समायोजन गर्दा शैक्षिक योग्यताभन्दा तहलाई प्राथमिकता दिएको विरोधमा संघर्षरत हेल्थ असिस्टेन्टहरुले सरकारसँग हुने भनिएको वार्ता भाड्ने तत्व सक्रिय रहेको आरोप लगाएका छन् ।  वार्तालाई सफलताका लागि दबाब दिन आइतबार मौन -याली भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले यस्तो आशंका गरेका हुन् ।
विभिन्न मागहरूसहित ६ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट (एचए) संघ, नेपालले आइतबार पनि आन्दोलनलाई जारी राखी विरोध -याली निकालेका थिए। माइतीघर मण्डलाबाट सुरु भएको -याली बानेश्वरको एभरेस्ट होटल नजिक गएर टुंगिएको थियो । प्रस्तावित दरबन्दी संरचना संशोधनको मागसँगै शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रिया पूरा गर भन्ने जस्ता प्लेकार्डहरू प्रदर्शन गरिएकाे थियो ।

मानिसले केही कुराहरू चिच्याएरभन्दा पनि नबोलीकन नै पाउने गर्छ भन्ने सन्देश दिनका लागि प्लेकार्ड प्रदर्शनसहित विरोधस्वरूप मौन प्याली निकालिएको एचए संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेघनाथ चापागाईंले बताए । आन्दोलनरत एचए संघ र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूबीच आज वार्ता हुने भनिए पनि वार्ता असफल बनाउने पड्यन्त्रकारीहरूलाई दबाब दिने लक्ष्यले संघले आन्दोलनलाई जारी राखेको चापागाईंको दाबी छ । स्वास्थ्यकर्मी साथीहरूलाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा फिर्ता गराउन जतिसक्दो छिटो वार्ता गराउनु आवश्यक रहेको चापागाईंले बताए ।

नेपाल सरकारका कर्मचारी भएर पनि स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्न नदिएकोमा पनि मौन जुलुस निकालिएको बताउँदै उनले भने ‘चिच्याएर तथा मिडियाबाट जाँदा पनि माग पूरा नभएको भन्दै मौन जुलुस प्रदर्शन गरिएको हो ।’ मौन जुलुस निकाल्दा पिन निकालिएको उनले बताए । यदि मौनतालाई सरकारले कमजोर सावित गरेको खण्डमा विरोध गर्ने शैलीमा परिवर्तन गरिनेमा समेत चापागाईंले जोड दिए ।

वार्ताबाट सहमति हुन नसकेको खण्डमा संघले केन्द्रीय समितिका सदस्यहरू तथा कार्यक्रमका प्रदेश संयोजकहरूसँगको छलफलपश्चात् आगामी कार्यक्रमको निर्धारण गर्नुे जानकारी चापागाईंले  दिए । अहिलेसम्म वार्ताका लागि समय नतोकिएको भए पनि वार्ताका लागि एचए संघ फोन तथा म्यासेजको प्रतीक्षामा रहेको उनले बताए ।

वार्ताबाट सहमति हुन नसकेको खण्डमा संघले केन्द्रीय समितिका सदस्यहरू तथा कार्यक्रमका प्रदेश संयोजकहरूसँगको छलफलपश्चात् आगामी कार्यक्रमको निर्धारण गर्नुे जानकारी चापागाईंले  दिए । अहिलेसम्म वार्ताका लागि समय नतोकिएको भए पनि वार्ताका लागि एचए संघ फोन तथा म्यासेजको प्रतीक्षामा रहेको उनले बताए ।

वार्ता कमिटीमा एचए संघको तर्फबाट कार्यवाहक अध्यक्ष दीपेन्द्र खड्का, उपाध्यक्ष तथा दबाबमूलक कार्यक्रमका संयोजक मेघनाथ चापागाईं, उपाध्यक्ष प्रकाश परियार, संघका सचिव दीर्घ बोगटी तथा केन्द्रीय सदस्य सीता बानियाँ गरी पाँच जनाको टोली गठन गरिएको छ भने स्वास्थ्य मन्त्रालयको तर्फबाट भने सहसचिवको नेतृत्वमा वार्ता टोली गठन भएको भनिए पनि उक्त टोलीमा कोको छन् आफूहरूलाई जानकारी नभएको चापागाईंले बताए ।

संघ सिनियर अहेबहरूको विरोधी नभएको तथा आफूहरू स्वास्थ्यचौकी प्रमुख बन्नुपर्छ भनेर आन्दोलनमा आएको भ्रम नपाल्नका लागि चापागाईंले अनुरोध गरे । संघको लडाईं शैक्षिक योग्यताको कदर सँगसँगै लोकसेवाको प्रक्रिया पूरा गरेर आएका दक्ष जनशक्तिको व्यवस्थापन हुनुप-यो भन्ने पक्षमा भएको उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता कायम गराउनका लागि संघको लडाइँ अर्थपूर्ण भएको उनले दाबी गरे ।

सरकारी सुरक्षाकर्मी साथीहरूले पनि संघको माग जायज भएको भन्दै तारिफ गरेको उनको दाबी छ । हरेक समितिका सभापतिहरूले भेटघाटको क्रममा आफूहरूको आन्दोलनलाई साथ, सहयोग र समर्थन गरेको चापागाईं बताउँछन् । कतिपयहरूले यसलाई सरकार विरोधी आन्दोलनको संज्ञा दिइरहेको बताउँदै उनले यस आन्दोलन सरकार विरोधी नभएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय