चिकित्साशिक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

राष्ट्रिय चिकित्साशिक्षा विधेयकमाथि संघीय संसदको शिक्षा स्वास्थ्य समितिबाट बहुमतले पारित विधेयक प्रतिवेदन अाइतबार प्रतिनिधि सभामा पेश भएको छ ।
संसदको कार्यसूचीमा समितिकी सभापति जयपुरी घर्तीले समितिमा भएको छलफल र वैठकको फेहरिस्तसहित विधेयक संसदमा पेश गरेकी हुन् । संसदमा विधेयकमाथिको प्रवितेदन पेश भएसँगै थप छलफल आवश्यक संसोधनसहित पारित भएपनि ऐन बन्नेछ ।

विधेयकलाई भदौ १३ को प्रतिनिधिसभाले प्राप्त संशोधनसहित शिक्षा समितिमा पठाएको थियो । समितिको असोज ११ को बैठकले प्रतिवेदनमाथि उपसमिति गठन गरेको थियो । उपसमितिमै डा. केसीसँगको सम्झौताविपरीत बहुमतका आधारमा पुस ९ मा पारित गरेको थियो । त्यसको दुई दिनपछि पुस २५ मा समितिले बहुमतबाट पारित गरेको थियो ।

संसदीय समितिबाट प्रतिवेदन पारित गर्दा १५औं अनशनको सम्झौताविपरीत गरेको भन्दै २५ गतेदेखि नै डा. केसी इलाममा अनशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय