चिकित्सक संघले भन्यो–सम्झौता कार्यान्वयन नगर्ने, तर डा. केसीलाई चिढ्याउने काम बन्द गर

नेपाल चिकित्सक संघले चिकित्साशिक्षा र स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउन डा.केसीले उजार गरेका विषयलाई कार्यान्वयन गर्नुका सट्टा चिढ्याउने काम गरिरहेको आरोप लगाएको छ । १६औं आमरण अनशनको चौथो दिन विज्ञाप्तिजारी गरेर संघले सरकारको यस्तो गतिविधिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुग्ने गरेको ठहर गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्धारा जारी विज्ञाप्तिमा संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.सँग नेपाल सरकारले १५ औं पटक सम्झौता गरिसकेको उल्लेख छ ।

संघले सरकारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरुको सहज पहुँचका लागि डा. के.सी. ले उजागर गर्नु भएको कदम उचित भएको समेत जनाएको छ । ‘उहाँसँग १५औं पटकसम्म सम्झौता गर्ने अनी त्यसको कार्यान्वयन गर्नुको सट्टा डा. के.सी.लाई नै चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथी नै आँच पुग्ने गरेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।’ संघले उल्लेख गरेको छ ।

संघले डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत गराउँदै उनको जीवन रक्षाका निम्ति विशेष पहल गर्न र यो आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय