५ अस्पतालसहित स्वास्थ्यका ९ विकास समिति केन्द्र सरकारमातहत

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष २६ गते १७:५०

सरकारले प्रमुख ५ वटा अस्पतालसहित आयुर्वेद र कीटजन्य रोगसम्बन्धी अनुसन्धान केन्द्रका विकास समितिलाई केन्द्र सरकार मातहतमा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये ९ वटालाई संघ सरकारअन्तर्गत राख्ने निर्णय गरेको हो ।
संचालनमा रहेका प्रमुख अस्पताल कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र मानसिक अस्पतालका विकास समिति केन्द्र सरकारमातहत रहने भएका हुन् ।

त्यसैगरी आयुर्वेदतर्फ सिंहदरबार वैद्यखाना विकास समिति, नरदेवी अस्पताल विकास समिति, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र पनि केन्द्र सरकार मातहतमा राख्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । योसँगै विभिन्न समयमा गठन आदेशबाट जारी भएका विकाससमितिमा नियुक्ति, संचालनलगायतको अधिकार केन्द्र सरकारको हुनेछ ।

 

यस्ताे छ मन्त्रिपरिषद्काे  निर्णय 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय