नेपाली कम्पनीले थाल्यो हेपाटाइटिस बीको औषधि उत्पादन

हेपाटाइटिस बीका लागि अत्यावश्यक मानिने औषधि इन्टेकाभिर (Entecarvir) को उत्पादन नेपालमै सुरु भएको छ । नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले स्वदेशमै यस्तो औाषधिको उत्पादन सुरु गरेको हो ।
हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै म्याग्नसले इन्टेका–बी (Enteca -B) ब्रान्ड नेमका साथ ‘इन्टेकाभिर’ (Entecarvir ) बजारमा ल्याएको छ ।
नेपालमा कुल जनसंख्याको लगभग १ प्रतिशतमा हेपाटाइसिटस बीको संक्रमण भएको अनुमान छ । समयमा उपचार नगरे हेपाटाइटिस बीले कलेजो सिरोसिस र कलेजोको क्यान्सर गराई मानिसको मुत्युसम्म हुनसक्छ ।
इन्टेका–बी (Enteca -B) ले हेपाटाइसटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुन्छ ।

इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि हो । साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधि मानिएको छ ।

सामान्यतया हेपाटाइटिस बीको उपचार अति लामो समयसम्म गर्नुपर्ने हुँदा रेजिस्टेन्सको विकास भई भाइरसले औषधिलाई निष्क्रिय पार्दिनसक्छ । इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि हो । साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधि मानिएको छ ।

कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो ।

कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि सोफोसबूभीर (Sofosbuvir) लाई ब्रन्ड नेम सोफूभीर (Sofuvir) र हेपाटाइटिस बीकै अर्को महत्वपूर्ण औषधि टेनोफोभीर (Tenofovir) लाई ब्रान्ड न्याम टेनोफ (Tenof )का साथ बजारमा ल्याइसकेको छ ।
इन्टेका बी (Enteca -B) ०.५ र १ एमजीमा उपलब्ध छ, जसको हाल बजारमूल्य ९० र १ सय ६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

One thought on “नेपाली कम्पनीले थाल्यो हेपाटाइटिस बीको औषधि उत्पादन

  1. हेपाटाइटिस बि लाई कसरी घरेलु उपचार गर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय