चेतना अभावमा फक्रिन पाइनन् १९ वर्षीया फुर्लाकुमारी

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसन वार्डमा पल्टिरहेकी थिइन्, १९ वर्षीया किशोरी फुर्लाकुमारी चौधरी ।
उनलाई देख्नेबित्तिकै अन्य बिरामीभन्दा फरक एउटा दृश्य देखिन्थ्यो– उनी बोल्न सक्थिन्, हेर्न सक्थिन्, उनका दुवै हात बाँधिएका थिए ।
उनलाई प्राणघातक रोग रेबिज लागेको थियो । यस्ता बिरामीले देखाउने अस्वाभाविक व्यवहारका कारण अरूमा रोग नसरोस् भनेर बेडमा सुताउँदासमेत उनका हात बाँधिएका हुन् ।

यस संवाददातासामु उनले सोमबार एउटा प्रश्न तेस्र्याएकी थिइन्– म कहिले निको हुन्छु ? कहिले घर जान पाउँछु ?’ उनको यो प्रश्न मैले अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेसम्म पुर्याएँ । ‘उनलाई बचाउन सकिन्न, २४ घण्टा पनि बाँच्न मुस्किल छ,’ पाण्डेको यो लाचार जवाफले म स्तब्ध, निःशब्द भएँ ।

त्यसको केही घण्टामै अर्थात् सोमबार साँझै उनले आफ्ना सबै अनुत्तरित प्रश्नलाई विश्राम दिइन् र आँखा चिम्लिइन्, सदाका लागि ।
सोमबारै दोलखाका एक पुरुष यस्तै लक्षण लिएर अस्पतालमा आइपुगे । फुर्लाकुमारीलाई निकालेर सोही बेडमा दोलखाका ३५ वर्षे युवालाई राखिएको छ । उनको पनि प्रश्न उस्तै छ र उस्तै छ डाक्टरको जवाफ ।

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

कुकुर वा स्यालजस्ता जनावरको टोकाइबाट सर्ने यो प्राणघातक रोगबारे जनचेतनाको अभावका कारण सहजै बच्ने विधि भएर पनि ठूलो संख्यामा ज्यान गुमाउनेक्रम रोकिएको छैन ।
……….

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

रेबिज संक्रमित कुकुर, स्याललगायत जनावराको टोकाइबाट लाग्ने यो रोगबाट बच्ने एक मात्रै विकल्प भनेको टोक्नासाथ सकेसम्म छिटो रेबिजविरुद्धको खोप लगाउनु नै हो । यतिसम्म कि, चौधरीले परिवारले एन्टिरेबिन भ्याक्सिन त के, टिटानसको सुई पनि लगाउनुपर्छ भन्ने कुरा तेस्रो दिन मात्रै थाहा पायो ।
३ महिनाअघि खेतीबारीको काम गर्दै गर्दा उनलाई भुस्याहा कुकुरेले टोकेको थियो । परिवारले घाउ धोईपाखालीसम्म गरेनन् । घाउ ठूलो नभएकाले निको भइहाल्ला भन्ने भयो । घटनाको ३ दिनपछि छिमेकीले टिटानस खोप दिनुपर्छ भनेपछि उनीहरूले मेडिकलमा गएर टिटानसको खोप लगाएका थिए ।

३ महिनापछि (एक साताअघि) अचानक अनौठा लक्षण देखिन थाले । उनमा ढाड दुख्ने, पानीसँग डराउने, मानिसहरू बोलेको सुन्दा पनि डराउनेजस्ता लक्षणहरू देखिन थाले । छिमेकीले यस्तो लक्षण त रेबिजको हुन्छ भनेपछि नै परिवारले रोगबारेमा सुन्यो ।
टिटानस खोप लगाएपछि त्यसले नै निको हुन्छ भनी छिमेकीले भनेकै कारण उनले टिटानस खोप लगाएकी थिइन् ।

एक साताअघि पानीदेखि डराएर भाग्न थालेपछि छिमेकीले उनलाई रेबिज लागेको आशंका गरेकै आधारमा उनलाई परिवारले वीरगन्जस्थित स्वास्थ्यसंस्थामा पुर्याएको थियो । वीरगन्जबाट उनीहरू आइतबार राति १० बजे मात्र टेकू अस्पताल आइपुगेका थिए ।
एक साताअघि अस्वाभाविक लक्षण देखिएपछि परिवारले धामी–झाँक्री गरेको उनका दाजु बताउँछन् । खोप लगाए बाँचिन्छ भन्ने चेतना नभएकै कारण यो बाटो रोजेको परिवारका सदस्यहरूको भनाइ छ ।

विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

चिकित्सकहरूका अनुसार रेबिजरोग तथा यसबारे पर्याप्त मात्रामा जनचेतना जगाउन नसक्दा धेरै नेपाली अकाल मृत्युवरण गर्न बाध्य छन् । कतिपयले भने जनचेतना भए पनि रोगलाई बेवास्ता गर्दा ज्यान गुमाउनुपरेको छ ।
विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

नेपालमा रेबिजको अवस्था
विशेषगरी, नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या बढी देखिएको छ । पहाडको तुलनामा तराईमा स्याल तथा ब्वाँसोको टोकाइका कारण रेबिजको संक्रमण भई मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा छ । यस्तै, एकचौथाइ जनसंख्या मध्यम जोखिममा छ । महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्ष (०७४÷७५)मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो भने २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको तथ्यांक विभागसित छ । त्यसमध्ये २८ हजार ५ सय १४ जनालाई रेबिजरोग लाग्न सक्ने आशंका गरिएको भए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कसरी हुन्छ रेबिज ?
रेबिजले लाइसा नामक स्नायुमा प्रभाव पार्ने गर्छ । यसको कारक हो– आरएनए भाइरस । उक्त भाइरस र्यालको माध्यमबाट मानिसको शरीरमा पुग्ने गर्छ । उक्त भाइरस शरीरबाट मस्तिष्कसम्म पुगेपछि ज्वरो आउने, बिरामी पानीदेखि डराउने, घाउ भएको ठाउँमा दुख्नेजस्ता समस्या देखापर्छन् ।

लक्षण
– रेबिज लागेको बिरामी हावा र पानीदेखि डराउने गर्छन् ।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुन्छ, झमझम गर्छ ।
– पानी पिउन असहज महसुस हुन्छ ।
– कोही–कोही उत्तेजित हुन्छन् ।

उपचार
रेबिज लागेपछि मुटु तथा कलेजोको रोगको जस्तो यसको उपचार सम्भव छैन । रोग लागिसकेपछि मर्नुबाहेक अन्य विकल्प छैन । विदेशतिर रेबिज लागेका ५–७ जना बिरामी बाँचेका समाचारहरू आए सुनिए पनि नेपालमा भने हालसम्म सफलता मिलेको छैन ।

रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

रोकथाम
रेबिजको उपचार हालसम्म पत्ता नलागेकाले रोग लागेपछि बिरामीको मृत्यु अवश्यंभावी छ । यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनावरबाट उक्त रोगको भाइस मानिससम्म आउन नदिनु नै हो । यसका लागि घरपालुवा जनावरलाई पशुचिकित्सकको सल्लाहअनुसार वेलावेलामा खोप लगाउनुपर्छ । रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार कुनै पनि जनावरले टोकेपश्चात् रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने ज्ञान भए पनि घरपालुवा जनावरले टोकेका कारण रोग लाग्दैन भन्ने भ्रम जनमानसमा पाइन्छ । हेलचक्य्राइँका कारण रेबिजबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको डा. पुन बताउँछन् । टेकु अस्पतालमा रेबिज लागेर आउने अधिकांश बिरामीले रेबिजबारे ज्ञान हुँदाहुँदै पनि बेवास्ता गरेका कारण ज्यान गुमाउने गरेको उनको अनुभव छ । उनका अनुसार रेबिजलाई सामान्य रूपमा लिएर बेवास्ता गर्नुहुँदैन । यदि रेबिजको सुई लगाएकै जनावरले टोकेमा पनि बेवास्ता नगरी नजिकको स्वास्थ्यसंस्थामा गई रेबिजको सुई लगाउन उनको सुझाब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय